दुई महिनामा १८ अर्ब डलर गुमाएका व्यक्तिले दिए १ हजार भेन्टिलेटर

काठमाडौं । विख्यात गाडी निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले लस एन्जलसका अधिकारीहरुलाई १ हजारवटा भ्यान्टिलेटर सहयोग गरेका छन् । अमेरिकामा कोरोनाले महामारीको रुप लिएपछि मस्कले यो सहयोग गरेका हुन् ।

 

मस्कले ट्वीट गर्दै आफूले गत हप्ता चीनबाट १२ सय ५५ वटा मसिन किन्न सहयोग गरेको बताएका हुन् । साथै, यो प्रक्रियामा सहयोग पुर्याउने टेस्लाका कर्मचारी, चिनियाँ र अमेरिकी भन्सारका कर्मचारीहरुलाई पनि धन्यवाद दिएका छन् ।

 

हाल मस्क अस्पताल संघसँगको सहकार्यमा छन् । क्यालिर्फोनियाका गर्भनर गेभिन न्यूसोमले यसलाई ‘हिरोइक’ कामको संज्ञा दिएका छन् ।

 

मस्क यो भन्दा अघि अमेरिकामा भ्यान्लिेटर अभाव हुने कुरामा नै शंका व्यक्त गर्दै आइरेहका थिए । र, कोरोना महामारीको रुपमा फैलनेमा पनि उनको शंका थियो । केटाकेटीहरुले भ्याक्सिन लगाएका कारण उनीहरु सुरक्षित रहेको उनको बुझाइ थियो ।

 

मस्क अमेरिकामा रहेको आफ्नो एकमात्र प्लान्ट बन्द गर्नु अघि अधिकारीहरुसँगको लामो बैठकमा बसेका थिए ।कोरोना महामारी अघि ४५ अर्ब डलर रहेको उनको सम्पत्ति अहिले २७ अर्ब डलरमा झरेको छ ।

लक्ष्मी ग्रुपले कोरोना विरुद्ध लड्न एक करोड दिने, ‘फिभर क्लिनिक’को लागि आर्थिक सहयोगकाे घोषणा Read Previous

लक्ष्मी ग्रुपले कोरोना विरुद्ध लड्न एक करोड दिने, ‘फिभर क्लिनिक’को लागि आर्थिक सहयोगकाे घोषणा

'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुहोस्' Read Next

'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुहोस्'