एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंक मार्फत हितग्राही खाता खोलेका खातावालाहरुको हितग्राही खाता तथा मेरो शेयरको बार्षिक नविकरण शुल्क खल्ती डिजिटल वालेट मार्फत पनि भुक्तानी गर्न सकिने भएकाे छ । साथै उक्त नविकरण शुल्क ईसेवा मार्फत समेत भुक्तानी गर्न सकिने छ ।
हाल एनआईसी एशिया क्यापिटलले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना ‘एन आई सी एशिया ग्रोथ फण्ड’ संचालन गरिरहेको छ ।