आजदेखि ६८ देशबाट नेपाल प्रवेशमा रोक (देशको नामसहित)

काठमाडौं । सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित युरोप, खाडीसहितका विभिन्न ६८ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ।

 

सरकारले आजराती (शुक्रबार) मध्ये रातीदेखि ३ वैशाख (१५ अप्रिल) सम्म ती देशबाट नेपाल प्रवेशमा रोक लगाएको हो । आजदेखि युरोपका ४४ , पश्चिम एसिया तथा खाडीमा क्षेत्रका २०, टर्की, मलेसिया, दक्षिण कोरिया र जापान गरी कुल ६८ देशबाट अबको २५ दिनसम्म नेपाल आउन पाउने छैनन् ।

 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले रकोरोना संक्रमित देशबाट यात्रुलाई नेपाल आउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णय शुक्रबार रातिबाट कार्यान्वयनमा ल्याइने भएको हो ।

 

कुनै यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजर जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा टिकटको पुरै पैसा फिर्ता दिइने छ।त्यसैगरी, वायुसेवा कम्पनीले आफैं उडान रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने बताइएको छ। सरकारको यो निर्णयले ३३ वटा अन्तर्राष्ट्रिय विमान कम्पनी प्रभावित भएका छन्।

 

अब कुन-कुन देशबाट नेपाल आउन पाइँदैन

 

युरोपेली देशहरु : बेलायत, फ्रान्स, इटाली, स्पेन, रुस, जर्मनी, युक्रेन, पोल्याण्ड, रुमानिया, नेदरल्याण्ड्स, बेल्जियम, चेक रिपब्लिक, ग्रिस, र्चुगल, स्वीडेन, हंगेरी, बेलारुस, अष्ट्रिया रहेका छन् ।

 

त्यस्तै सर्बिया, स्वीट्जरल्याण्ड, बुल्गेरिया, डेनमार्क, फिन्ल्याण्ड, स्लोभाकिया, नर्वे, आयरल्याण्ड, क्रोएसिया, मोल्डोभा, बोस्नीया एण्ड हर्जगोभिना, अल्बानिया, लिथुवानिया, नर्थ म्यासेडोनिया, स्लेभेनिया, लाटभिया, इस्टोनिया, मोन्टेनिग्रो, लक्जेम्बर्ग, माल्टा, आइसल्याण्ड, एन्डोरा, मोनको, लिस्टेनस्टेन, सान मारिनो र होली सीबाट नेपाल आउनेलाई पाउने छैनन् ।

 

पश्चिम एसियाली तथा खाडीका देशहरु : बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, यमन, अबखाजिया, अर्मेनिया, अजरवैजान, जर्जिया, साउथ ओसिटिया, इराक, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, इरान, साइप्रस लगायतका देशबाट आउनेलाई पनि नेपालमा प्रवेश दिइने छैन।

 

अन्य देशहरु  : टर्की, मलेसिया, दक्षिण कोरिया र जापान

 

सरकारले प्रतिबन्द लगाएका देश र त्यसबाट प्रभावित हुने एयरलाइन्सको सूची तल प्रस्तुत गरिएको छ :

 

 

विश्व कोरोना अपडेट: चीनमा शून्य हुँदा अन्यमा कति (चार्टसहित) ? Read Previous

विश्व कोरोना अपडेट: चीनमा शून्य हुँदा अन्यमा कति (चार्टसहित) ?

शेयर बजार घट्नुअघि नै अमेरिकी सिनेटरले शेयर विक्री गरेको खुलासा Read Next

शेयर बजार घट्नुअघि नै अमेरिकी सिनेटरले शेयर विक्री गरेको खुलासा