केही हप्ता अघिसम्म चीनमा कोरोना भाइरसको महामारी थियो । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्यमा आएको समाचारहरु बाहिर आउन थालेका छन् । मृत्यु संख्यामा पनि चीनलाई इटालीले उछिनिसकेको छ । तर, मृत्यु संख्याका सन्र्दभमा चिनियाँ तथ्याङ्कमा केही संशय पनि नभएका भने होइनन् ।
अहिले दक्षिण कोरिया पनि चीनकै बाटोमा अग्रसर भइरहेको देखिन्छ । अर्थात्, नयाँ संक्रमण उल्लेख्य मात्रामा कम हुँदै गइरहेको तथ्याङ्कहरु बाहिर आउन थालेका छन्, दक्षिण कोरियामा पनि ।
तल विभिन्न देशहरुका चार्टहरु प्रस्तुत गरिएका छन्, प्रतिदिन संक्रमणका आधारमा । प्रत्येक रातो धर्का सात दिनको ‘मुभिङ’ औसत हो ।
सीमाना जोडिएको भए पनि सिङ्गापुर, हङकङ र ताइवानले संक्रमणको संख्यालाई नियन्त्रण गर्न सफल भइरहेका छन् । उनीहरुले सर्तकता र अग्रिम हस्तक्षेपको रणनीति अपनाएका छन् ।

तर, तथ्याङ्क चार्टमा अभिव्यक्त गर्दा देखिने ‘घोचा’हरुले ती देशहरु अझै जोखिम मुक्त नभइसकेको देखिन्छ र अस्ति बुधबार ताइवानमा २३ वटा र हङकङमा १३ वटा नयाँ संक्रमण देखिएका छन् ।

विश्वमा कुल संक्रमणले करिब २ लाख ५० हजार हाराहारीमा पुगिसक्दा अहिले धेरै देशहरुले यात्रामा प्रतिबन्ध लगाइसकेका छन् । विदेशबाट फर्केका मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखेका छन् ।

यसका बाबजूद अमेरिका र अन्य केही देशहरुमा कोरोनाको संक्रमण अझै पनि तीव्र गतिमा बढिरहेको छ ।यहाँ विभिन्न देशहरुमा हालसम्मका (बुधबार बेलुकासम्म) कोरोना संक्रमणका तथ्याङ्कहरुलाई चार्टमा अभिव्यक्त गरेर प्रस्तुत गरिएको छ ।
-दी न्यूयोर्क टाइम्स