८ गतेदेखि मनकामना केवलकार पनि बन्द हुने

काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमणलाई मध्येनजर गर्दै मनकामन केवलकारले आफ्नो सेवा बन्द गर्ने भएको छ ।कम्पनीले एक सूचना जारी गर्दै केवलकार सेवा चैत ८ गते (शनिबार) देखि चैत ३० गतेसम्म बन्द हुने जानकारी गराएको हो ।

 

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व महसुस गर्दै कोरोनाको थप प्रभाव नबढोस् भन्नका लागि करिब ३ साताका लागि सेवा बन्द गर्न लागेको जनाएको छ ।

 

‘स्वास्थ्य नै सार्वोपरी हो भन्ने महसुस गर्दै कम्पनीको सामाजिक उत्तरदायित्व महसुस गर्दै कोरोनाको प्रभाव नबढोस् भन्ने हेतुले सुरक्षका सबै उपाय अबलम्वन गर्दै सं)क्रमण फैलिन नदिन केवलकार सेवा स्थगित गरिएको हो,’ सूचनामा उल्लेख छ ।

सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै बुधबारदेखि २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएको छ । सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो सेवा बन्द गर्न लागेको कम्पनीले जनाएको छ ।

सनराइज बैंकले ल्यायो 'एनआरएन डिपोजिट' खाता Read Previous

सनराइज बैंकले ल्यायो 'एनआरएन डिपोजिट' खाता

रानीपोखरी पुनर्निर्माणमा हुकिङ गरी बिजुली चोरेर प्रयोग, ३ लाख जरिवाना Read Next

रानीपोखरी पुनर्निर्माणमा हुकिङ गरी बिजुली चोरेर प्रयोग, ३ लाख जरिवाना