व्यापारीले कृत्रिम अभाव सृजना गरेपछि बजार अनुगमन तीव्र

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ । पछिल्लो समय त्रासको रुपमा फैलिएको कोरोना भाइरसको कारणले व्यापारीले सामन लुकाउने तथा बढी मूल्यमा बेच्ने गरे पश्चात अनुगमनलाई प्राथमिकता दिएको हो ।

 

त्यस्तै ग्यास तथा पेट्रोलियम पदार्थमा समेत कालो बजारी गरेको पाइए पछि विभागले बजार उजुरीको आधारमा नियमित अनुगमन गरिरहेको छ ।विभागका अनुसार बजारमा यसको माग बढे सँगै व्यापारीहरुले लुकाउनुका साथै महँगो मूल्यमा बेच्न थालेको उजुरी पछि अनुगमन गर्न थालिएको हो । विभागले किराना पसल, मेडिकल, ग्यास स्टोर तथा पेट्रोल पम्प लगायत क्षेत्रमा अनुगमन गरिरहेको छ ।

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका बजार अनुगमनका निर्देशक सागर मिश्रले दैनिक ४ देखि ५ टोलीले अनुगमन गरिरहेको बताए । उनले प्रहरीको सहयोगमा सामानहरु जफत भइरहेको बताए ।

 

‘हामिले दिनदिनै अनुगमन गरिराखेका छौँ । दिनमा ४/ ५ टोलिद्धारा अनुगमन भइराखेको छ । यसलाई अझै विशेष प्रथामिकताका साथ अगाडि बढाउने छौँ’, अनुगमन निर्देशक मिश्रले भने । ठगी गरेको पाइएमा २ लाखदेखि ३ लाखसम्म जरिवाना गर्ने गरेको उनले बताए ।

 

विभागले चैत्र महिनासुरु भएपछि मात्रै अनुगमन टोलिद्धारा १० ओटा पेट्रोल पम्पमा अनुगन गरेको छ । त्यस मध्य ८ पेट्रोल पम्प सामान्य अवस्थामा थिए भने एक पेट्रोल पम्पलाई कृत्रिम अभाव सृजना गरेको आधारमा २ लाख जरिवाना गराएको छ । बाँकी एक लाई तत्काल सुधार गर्न विभागले निर्देशन दिएको छ ।

 

विभागले चैत्र ४ गतेसम्ममा विभिन्न ग्यास तथा खाद्य स्टोरमा पनि अनुगमन गरी कारबाही गरेको छ । बजारमा ग्यास तथा नुनको कृत्रिम अभाव देखिएसँगै अनुगमनले तीव्र्र रुप लिगेको छ । विभागले ४ दिनमा ग्यास स्टोर र किराना खाद्य स्टोर गरी २९ ओटा स्थानमा अनुगमन गरेको थियो ।

 

त्यस मध्य १६ ओटा सामान्य अवस्था थिए भने ७ ओटालाई तत्काल सुधार गर्न निर्देशन दिएको थियो । खान अयाग्य तथा म्याद सकिएको ४१ हजार ६ सय खान अयोग्य खाद्य वस्तु नष्ट गरीएको छ । त्यसै गरी खरिद बिल तथा ग्यास मौज्दात नभएको भनेर ३ स्टोरहरुलाई ५/५ हजार जरिवाना तिराइएको छ । त्यसैगरी ग्यासमा कृत्रिम अभाव सृजना गराएको कारणले एक ग्यास स्टोरलाई २ लाख जरिवाना गराएको छ ।

२५ जना भन्दा बढि भेला हुन नपाइने, सिनेमाहल लगायत मनोरञ्जन स्थलहरु सबै बन्द Read Previous

२५ जना भन्दा बढि भेला हुन नपाइने, सिनेमाहल लगायत मनोरञ्जन स्थलहरु सबै बन्द

भारतसँग सीमा जोडिएको जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक Read Next

भारतसँग सीमा जोडिएको जमुनाह नाकामा सवारीसाधन सञ्चालनमा पूर्ण रोक