जिल्ला प्रशासन सिन्धुलीमा वाणिज्य बैंकको एक्स्टेन्शन काउन्टर सञ्चालन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीको २९औं ‘एक्स्टेन्शन काउन्टर’ तथा राजश्व संकलन केन्द्र आजदेखि सञ्चालनमा आएको छ ।

 

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आफ्नो खातामा १ हजार १०५ जम्मा गर्दै शाखाको कारोबर शुभारम्भ गरे। उनले केन्द्र सञ्चालनमा आएपछि कार्यालयले राजश्व बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको बताए । प्रजिअ गौतमले भने, ‘धरौटी तथा राजश्व कार्यालमा काम गर्ने कर्मचारीले सङ्कलन गर्ने र भोलिपल्ट मात्रै जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ भने उक्त पैसाको दुरुपयोग हुने सम्भावनाको पनि अन्त्य भएको छ ।’

 

एक्स्टेन्शन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य भनेको राजश्व संकलन गर्नु नै भएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका प्रबन्धक खिलानाथ भट्टराईले बताए । उनले बिस्तारै उक्त काउन्टरबाट कर्मचारीको नगद जम्मा तथा चेक कारोवार, नागरिक लगानी कोषलगायत राजश्व सङ्कलन गरिने उनको भनाइ छ ।

 

वाणिज्य बैंकले हाल देशका सातवटै प्रदेशका ७७ वटै जिल्लाबाट २३९ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । बैंकका २०४ एटीएम र २८ वटा एक्सटेन्शन काउन्टरबाट सेवासमेत दिइरहेको छ ।

 

बैंकले २०७६ पुस मसान्तसम्म १९५ अर्ब निक्षेप संकलन गरी १४७ अर्ब कर्जा प्रवाह गरेको छ ।

नेपालमा वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन, कति हुन्छ खपत Read Previous

नेपालमा वार्षिक २० करोड बोरा सिमेन्ट उत्पादन, कति हुन्छ खपत

कृषिलाई नाफामूलक बनाउने मन्त्री भुसालको ५ मन्त्र Read Next

कृषिलाई नाफामूलक बनाउने मन्त्री भुसालको ५ मन्त्र