सेयर कारोबार हुने समायावधि थपियो, अब कति बजेसम्म खुल्छ बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबार हुने समायावधि थप गरेको छ । नेप्सेले आइतबारदेखि परीक्षणका लागि भन्दै सेयर कारोबार हुने समय १ घण्टा थप गरेको छ ।

 

नेप्सेका अनुसार अब दैनिक ५ घण्टा कारोबार हुने छ । जस अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बजार खुल्ला रहने छ । यसअघि दैनिक ४ घण्टा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुँदै आएको थियो ।

 

नेपाल धितोपत्र बोर्डले सेयर कारोबार समयाधवी थप गर्ने विषयमा अध्ययन गर्न केहि दिन अघि नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्देशन अनुसार शुक्रबार बसेको नेप्से सञ्चालक समिति बैठकले कारोबार समयावधि थप गरेको हो ।

 

नेप्सेले १०ः३० देखि ११ बजेसम्म प्रारम्भिक कारोबार समय हुने, ११ देखि ४ बजेसम्म कारोबार समय हुने र ४ देखि ४ः०५ सम्म अन्तिम कारोबारका लागि भनेर समय तोकेको छ ।

गुराँस लाइफको हकप्रद सेयर चैत २० गतेदेखि Read Previous

गुराँस लाइफको हकप्रद सेयर चैत २० गतेदेखि

माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा, सोमबारदेखि परीक्षण थालिँदै Read Next

माथिल्लो तामाकोशीको काम अन्तिम चरणमा, सोमबारदेखि परीक्षण थालिँदै