गुराँस लाइफको हकप्रद सेयर चैत २० गतेदेखि

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चैत २० गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले १ बराबर १ कित्ताको अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

 

हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले फागुन २२ गते बुकक्लोज गरेको थियो। जस अनुसार फागुन २१ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्।

 

आवेदकले एनएमबी क्यापिटल, एनएमबी बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । इन्स्योरेन्सको हकप्रदमा २०७७ बैशाख १० गतेसम्म आवेदन गर्न सकिनेछ।

 

इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ। इन्स्योरेन्सले बिक्रीमा ल्याउन लागेको यस हकप्रदलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ पलस रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ भने १०० प्रतिशत हकप्रद निष्काशनपछि १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ।

इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण, ४ हजारमै चुलो बेच्दै सरकारी कम्पनी Read Previous

इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण, ४ हजारमै चुलो बेच्दै सरकारी कम्पनी

सेयर कारोबार हुने समायावधि थपियो, अब कति बजेसम्म खुल्छ बजार Read Next

सेयर कारोबार हुने समायावधि थपियो, अब कति बजेसम्म खुल्छ बजार