आइएमई पेमा नयाँ फिचर ‘डिल्स’ थपियो

काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पेले मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरेको छ । मोबाइल एपमा डिल्स भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनुहुने महानुभावहरूले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् ।
आइएमई पे मोबाइल वालेट एप गुगल प्ले र एप स्टोरमा उपलब्ध रहेको छ। आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एप प्रयोग गर्न सक्नेछन् ।

 

काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ ।
आइएमई पे मोबाइल वालेट एपको डिल्स अफर अन्तर्गत आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा आइएमई पेबाट भुक्तानी गर्दा नगद छुट, आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन निःशुल्क राख्न सकिनेजस्ता बिषेशता रहेका छन् ।

 

आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  विकास कुमार नहाटाले यसको बारेमा बोल्दै भने, ‘आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना नै हो । यसलाई नै मध्यनजर गरी हामीले डिल्स शीर्षक सुरु गरेका हौँ, जसबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के-कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् । हाम्रा सेवाग्राहीहरूका लागि पनि हामीले सजिलो प्रावधान उपलब्ध गराएका छौँ । विक्रेताहरूले आफूले चाहेको जस्तो अफर सिर्जना गरी आइएमई पे एपमा आफ्नो विज्ञापन देखाउन सक्नुहुन्छ र हाम्रो मोबाइल एप प्रयोग गर्ने सेवाग्राहीहरूलाई आफ्नो व्यवसायतिर आकर्षित गर्न सक्नुहुन्छ ।’

सरकार आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै Read Previous

सरकार आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै

ललितपुर महानगरका सडक बत्ति स्मार्ट बनाईदै, ७ करोड खर्च Read Next

ललितपुर महानगरका सडक बत्ति स्मार्ट बनाईदै, ७ करोड खर्च