माछापुच्छ्रे बैंकको कामु सीईओमा सन्तोष कोइराला

काठमाडौं । माछापुच्छ्रे बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सन्तोष कोइरालालाई दिएको छ ।

 

बैंकका हालका सीईओ सुमन शर्माले फागुन ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि बैंक सञ्चालक समितिले कोइरालालाई चैत १ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको हो ।

 

कोइरालाले माछापुच्छ्रे बैंकमा मात्रै ७ वर्ष काम गरिसकेको छन् । उनी माछापुच्छ्रेमा साढे २ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

 

सन् २००० मा बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए। सानिमामा १० वर्ष काम गरेपछि उनी माछापुच्छ्रे गएका थिए। उनीसँग २ दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

 

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबीए) गरेका छन् भने नेदरल्यान्डको कलेजबाट ‘एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम मा डिप्लोमा गरेका छन्।

कोरोनासँग लड्न नेपाललाई विश्व बैंकको साढे ३ अर्ब सहयोग Read Previous

कोरोनासँग लड्न नेपाललाई विश्व बैंकको साढे ३ अर्ब सहयोग

कलङ्की-धोबीखोला सडक विस्तारको काम तत्काल शुरु नहुने Read Next

कलङ्की-धोबीखोला सडक विस्तारको काम तत्काल शुरु नहुने