काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभा जिल्लाको चिचिला गाउँपालिकामा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
चिचिला गाउँपालिका अध्यक्ष पाशाङनुर्वु शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ।चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित त्यस कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय, समाजसेवी, कृषक, व्यापारी, नागरिक समाज लगायतको उपस्थिती थियो।
सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए। स-सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा प्रमुख अतिथी चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराए।