सेयर बजार राताम्मे, सूचक १४०० भन्दा तल झर्यो

काठमाडौं । ४ दिन पछि मंगलबार खुलेको सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुला भएसँगै ओरालो झर्न शुरु भएको बजार पहिलो घण्टामै ५० अंकभन्दा बढीले घटेको छ ।

 

नेप्से परिसूचक५१ अंक भन्दा माथिले घटेपछि सेयर बजार मापक सूचक नेप्से पनि १४०० विन्दुभन्दा तल आएको छ । ११ः५५ बजेसाँ सूचक करिब ५१ अंकले घटेर १३८४ अंकमा आइपुगेको छ ।

 

पछिल्लो ३ महीनादेखि लगातार उकालो लागेको बजार गतहप्तादेखि ओरालो लागेको थियो । पछिल्लो समय १६३२ विन्दुमा पुगेको बजार गतहप्ता मात्रै सूचक करिब २०० अंकले घटेको थियो ।

 

नेप्सेमा कारोबार भएका १२ ओटै उपसमूहरु राताम्मे देखिएका छन् ।बैंकिङ, जीवन बीमा र व्यापार उपसमूहमा ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कोरोनाका कारण सिँगटी हाइड्रोपावर निर्धारित समयमा पूरा नहुने Read Previous

कोरोनाका कारण सिँगटी हाइड्रोपावर निर्धारित समयमा पूरा नहुने

विश्व बजारमा तेलको मूल्यमा व्यापक गिरावट, आयल निगम भन्छ नेपालमा घट्दैन Read Next

विश्व बजारमा तेलको मूल्यमा व्यापक गिरावट, आयल निगम भन्छ नेपालमा घट्दैन