काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
इन्स्योरेन्सको फागुन २३ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ सम्मको मुनाफाबाट सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ।
यसअनुसार इन्स्योरेन्सले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले प्राप्त गर्नेछन्।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी २ अर्ब ७९ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण पछि चुक्ता पूँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
