काठमाडौं । फागुन २८ गते (बुधबार) प्राइम कमर्सियल बैंक र कैलाश विकास विकास बैंकको बैंकिङ कारोबार बन्द हुने भएको छ ।
प्राइमले कैलाशलाई प्राप्ति गरी फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । सोको लागि दुवै बैंकको तथ्यांकलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले २८ गते एक दिन दुवै बैंकको बैंकिङ, एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवाहरु बन्द रहने बैंकले बताएको छ।
गत पुस २५ गते छुट्टाछुट्टै बसेको यी दुवै बैंकको साधारण सभाले प्राइमले कैलाशलाई प्राप्त गर्ने प्रस्ताव पारित गरेको थियो।
नेपाल राष्ट्र बैंकले सो एक्विजिशनलाई गत फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले गत फागुन २१ गते स्वीकृति दिएको थियो।
प्राप्तिपछि बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा रहनेछ ।