एनआइसी एसियाका ग्राहकलाई ‘अस्ट्रेक वाल क्लाइम्बिङ’मा ३०% छुट

काठमाडौं । एनआइसी एसिया बैंकका ग्राहकले अस्ट्रेक वाल क्लाइम्बिङमा विशेष छुट पाउने भएका छन्।बैंक र अस्ट्रेक क्लाइम्बिङ वालबीच सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको हो।

 

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरे।

 

बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट हुनेछ।

 

बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५० प्रतिशत छुट हुनेछ। उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ। यो समझदारीले यस खेलमा रमाउन चाहनेलाई लाभ मिल्ने बैंकको भनाइ छ।

 

बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकको अधिकतम लाभका लागि यो योजना ल्याएको हो।

 

बैंकको डेबिटरक्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीले विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

 

विभिन्न ख्यातिप्राप्त अस्पताल, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकले यो सुविधा सजिलै प्राप्त गर्न सक्नेछन्।

 

बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४५० एटीएम, १०६ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ।

मास प्रिन्टरले छाप्यो २ लाख ४० हजार 'स्मार्ट लाइसेन्स' Read Previous

मास प्रिन्टरले छाप्यो २ लाख ४० हजार 'स्मार्ट लाइसेन्स'

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने Read Next

रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने