काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले यही फागुन २७ गतेदेखि १५ करोड रुपैयाँ बराकारको १५ लाख कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना निर्माण स्थल लमजुङबासीका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरले आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेका स्थानीयका लागि उक्त आइपीओ निष्काशन गर्न लागेको हो । उक्त आइपीओमा स्थानीले न्यूनतम १० कित्ता (१ हजार रुपैयाँ) देखि अधिकतम १० हजार कित्ता (१० लाख रुपैयाँ) सम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन पाइनेछभने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभउको खण्डमा भने चैत २६ गतेसम्म खुला हुनेछ। आईपीओमा निम्न स्थानहरुबाट आवेदन दिन सकिन्छ।यस आइपीओमा लमजुङमा रहेका विभिन्न १९ ओटा बैंक तथा तिनका शाखाबाट आवेदन दिन सकिने छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको जनाउँछ।
कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रहेका छ भने कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख रहेको छ।