दुई केवलकार निर्माणका लागि १०० रोपनी सरकारी जग्गा प्रयोगको स्वीकृति

काठमाडौं । सरकारले दुई केबलकार निर्माणका लागि करीब १०० रोपनी सरकारी जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

 

मन्त्रीपरिषद्को यही फागुन १२ गते बसेको बैठकले नवलपुरको गैडाकोट नगरपालिकास्थित मौलाकाली र रूपन्देहीको बुटवल उपमहानगरपालिका–१ मा निर्माण हुन लागेको सिद्धार्थ केबलकार आयोजनाका लागि उक्त जग्गा प्रयोगको स्वीकृति दिने निर्णय गरेको हो ।

 

चन्द्रगिरी केवलकार निर्माण गर्ने कम्पनीले नै निर्माण गर्न लागेको मौलाकाली केबलकार आयोजनाका लागि नवलपुरको गैडाकोट नगरपालिकास्थित मौलाकाली सामुदायिक र धार्मिक वनको गरी करीब ५५ रोपनी (२.८२ हेक्टर) जग्गा केवलकार निर्माण प्रयोजनका लागि स्वीकृति दिइएको हो ।

 

यस्तै मन्त्रीपरिषद्को सोही बैठकले सिद्धार्थ केबलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रको थप करीब ४२ रोपनी (२.११८ हेक्टर) जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।

एउटा ‘चुच्चेढुंगा’ जसले कमाउँछ मासिक २४ हजार Read Previous

एउटा ‘चुच्चेढुंगा’ जसले कमाउँछ मासिक २४ हजार

लिवर्टी इनर्जीको फागुन २७ देखि १५ लाख कित्ता आइपीओ  खुल्दै Read Next

लिवर्टी इनर्जीको फागुन २७ देखि १५ लाख कित्ता आइपीओ खुल्दै