तथ्य र तथ्यांकमा चुकेको महासंघ र नयाँ नेतृत्व

नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको ५३ वर्ष पूरा गर्ने संघारमा रहेको छ । एउटा मानिसको जीवनमा ५३ वर्ष उमेर ढल्केको संकेत दिने मानिन्छ तर, यस्ता संघ-संस्थाको जीवनमा यो उमेर भने वयस्कको संकेत हो ।

 

अनी अर्को महत्वपूर्ण कुरा के छ भने महासंघको यो ५३ वर्षे यात्रामा देशमा अधिकांश समय राजनीतिक अस्थिरता छायो । पञ्चायत, माओवादी द्धन्द्ध र राजाको प्रत्यक्ष शासन इत्यादी महासंघले यो ५३ वर्षे यात्रामा भोगेका कुराहरु हुन् । निरंकुस शासन वा चरम राजनीतिक अस्थिरताको समयमा अर्थतन्त्र वा व्यवसायीक क्षेत्र अनी उद्योगी व्यवसायीरुको संस्था फड्के किनाराको साक्षी बन्नु बाहेक खासै उल्लेख्य भूमिका निर्वाह गर्न सक्ने कुरा भएन ।

 

तर, समय फेरिएको छ । तुलनात्मक रुपमा राजनीतिक स्थिरता आएको छ । संविधान बनेको छ । र, राज्यकोको पुर्नसंरचना भएको छ । यस्तो अवस्थामा राजनीतिक दलका नेतालगायत सबै मानिसहरु कुरैले मात्र भए पनि अर्थतन्त्र, लगानी, सम्बृद्धि जस्ता विषयमा चर्चा गर्न थालेका छन् । स्पष्ट दिशा र मार्गचित्रको खाका कोर्न अझै बाँकी भएपनि गफ शुरु भएको विषयलाई पनि पहिलो चरणको उपलब्धी मान्न नसकिने होइन ।

 

उद्योगी व्यवसायीले आफ्नो मुद्दा तथ्य र तथ्यांकमा राख्न सक्नु पर्छ । अहिलेसम्म महासंघ चुकेकै यहीँ हो । महासंघसँग न तथ्य छ न तर्क गर्ने हैसियत । त्यसैले सधै निजी क्षेत्रमाथि सरकारी संयन्त्र र राजनीतिज्ञको वोलवाला चल्दै आएको छ ।

 

कुनै समय अर्थतन्त्रको लागि आफ्नो एक पाना पनि खर्चन दैनिक अखबारहरुले कन्जुस्याईं गर्ने अवस्थाबाट हामी दैनिक आर्थिक पत्रिकाहरु पढ्ने अवस्थामा आइसकेका छौं ।

 

यस्तो अवस्थामा स्वभाविक रुपले अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने उद्योगी व्यवसायीहरु र उनीहरुको संस्थाको भूमिका बढ्नु एकदमै सुखद स्वभाविकता हो । त्यसैले समाजमा भूमिका बढेको सन्दर्भ उद्योगी व्यवसायीहरुको संस्था महासंघ अब ‘वयस्क’ भएको भनेर यहाँ सांकेतिक भाष्य प्रयोग गरिएको हो ।

 

भनिन्छ, हरेक मानिसले वयस्क अवस्थामा आफूलाई ह्यान्डसम, स्टाइलिस र परिवारको ज्ञाता सम्झेर आफू विनाको परिवार चल्न सक्दैन भन्ने मनसायले परिचालित रहेको हुन्छ । हो ठ्याक्कै अहिले नेपाल उद्योग वाणिज्य महासंघको अवस्था पनि त्यस्तै रहेको छ ।

 

उसलाई छिमेकीले पनि तँ जान्ने छस् आइज मलाई सल्लाह दे भन्दैन । परिवारका जेष्ठ सदस्यले पनि वोलाएर तेरो अवस्था यस्तो हो । तँमा बेकारको घमण्ड आएको छ, त्यसलाई त्यागेर सुझबुझ पूर्णरुपमा काम गर भन्दैनन् । अनि उ बेलगाम बन्छ, आफ्नो चर्चा बढाई चढाई आफैँ गर्छ । हो ठ्याक्कै अहिले नेपाल उद्योग वाणिज्य महासंघको अवस्था यही हो ।

 

वयस्क उमेर उर्जाशील उमेर हो । क्रान्तिकारी उमेर पनि हो । उर्जा र क्रान्तिकारिता धेरै तर, परिपक्वता कम हुने उमेर पनि हो वयस्क उमेर । त्यसैले वयस्क उमेरको उर्जा र क्षमतालाई सहि ढंगले पर्गेल्नेहरुले उज्ववल भविष्यको रेखा कोर्छन् । आफू र आफ्ना परिवारलाई सुख शान्ति दिन्छन् भने उर्जालाई कता प्रयोग गर्ने भनेर भेउ नपाउनेहरु घाँटीको नशा छिन्ने गरि गाँजा तानिरहेका पनि भेटिन्छन् ।

 

अब वयस्क भएको यो महासंघ समाजमा आफ्नो बढेको भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउँदै उज्ववल भविष्य तर्फ लाग्ला कि जीवनको गोरेटोमा अल्मलिएर धोबिखोलाको पुलमुनी गाँजा तान्दै गरेको युवा जस्तो रुमल्लिइला ? नेतृत्व परिर्वतनको संघारमा उभिएको महासंघको लागि यक्ष प्रश्न यहि हो ।

 

यो संस्थाको गरिमा बढ्दो होइन खस्कदो छ । यसो हुनुको कारण सरकार होइन निजी क्षेत्रनै हो । निजी क्षेत्र एकाघरमा केन्द्रित छ, सिमित व्यक्तीले पाउने पद, सम्मान र पहुँचका लागि दशकौंसम्म पनी एउटै व्यक्ति महासंघमा आफूलाई अड्याइराख्न चाहन्छ ।

 

अहिले ५४ वर्ष प्रवेशको उपलक्ष्यमा काट्ने केक बनाउने तयारी महासंघमा भैरहेको छ । ५४ वर्ष प्रवेशसँगै यसको नेतृत्व फेरिने छ । नयाँ नेतृत्वमा आउने नेतृत्वकर्तालाई लागेको होला । म निजी क्षेत्रको वयस्क संस्थाको नेतृत्व गर्दैछु र अन्य आउने पदाधिकारीदेखि सदस्यसम्मले सोच्दै होलान् अब वयस्क महासंघको कार्यदिशा र कार्यशैली परिवर्तनगरि हामी अगाडि बढ्ने छौं ।

 

यी सबै मनगणन्ते कुरा जस्ता लाग्छन् । तर, यथार्थ यहि हो । यो संस्थाको गरिमा बढ्दो होइन खस्कदो छ । यसो हुनुको कारण सरकार होइन निजी क्षेत्रनै हो । निजी क्षेत्र एकाघरमा केन्द्रित छ, सिमित व्यक्तिले पाउने पद, सम्मान र पहुँचका लागि दशकौंसम्म पनी एउटै व्यक्ति महासंघमा आफूलाई अड्याइराख्न चाहन्छ । यसले नत समग्र उद्योगी व्यवसायीको हित गर्न सकेको छ वा भनौ यसले गर्दा समग्र व्यवसायमा आएका चुनौतिसँग पारपाउने अचुक अस्त्र नै भेट्टाउन सकिएको छ । केबल राजनीतिज्ञसँग मञ्च सेयर गर्ने, सँगै विहान ब्रेकफास्र्ट खाने, बेलुका डिनरमा सँगै बसेर दुई चार देश चलाउने गफ गर्ने माध्यम बाहेक अरु उपलब्धी शून्य ।

 

महासंघका नेतृत्वकर्ताले सधै भन्ने गरेका छन् ‘हाम्रा अग्रजको रगत पसिनाले यसले हुर्कने मौका पायो । पछिल्ला राजनीतिक परिवर्तनमा हाम्रो ठूलो साथ र सहयोग रह्यो । हामीले देशमा पञ्चायतका विरुद्धको लडाईमा सहयोग गर्यौ, गणतन्त्र स्थापनामा हाम्रो ठूलो भूमिका रह्यो ।’ हो यहीँ महासंघ चुक्यो । राजनीति गर्न उद्योगीको फोरम चाहिदैन । राजनीति गर्नेलाई सहयोग गर्न उद्योगीले संसारभर लगानी गर्छन् र यहाँ पनि गरिरहेका छन् । त्यसैले आफ्नो बाटो भुलेका कारण महासंघ कमजोर भएको हो ।

 

राजनीतिक दलहरुको साथ लिएर उनीहरुको दलिय पक्षधरताको आधारमा गरिने राजनीति नेपालको मुल राजनीतिको सहायक पाटोमात्र हुन जान्छ । र, सहायक राजनीतिलाई मूल राजनीतिले जहिल्यै निर्णायक प्रभावमा पारिनैहाल्छ । यसबाट उम्कन खोज्नुको साटो झन्झन् यसमा दलिय राजनीतिको आडमा आफुलाई बलियो पार्ने राजनीति गर्न खोज्नु नै महासंघ कमजोर हुनुको सबैभन्दा महत्वपूर्ण कारण हो ।

 

माथिका केही लाइन लेखिसकेपछि यो पनि लेख्नै पर्ला ! महासंघका नेतृत्वकर्तालाई सोधौन । नेपालमा कति साना मझौला उद्योग छन् ? कति ठूला उद्योगको अवस्था के छ ?, कुन उद्योग संचालनमा कस्ता समस्या छन् ?, रोजगारदाता र श्रमीक बीचको सम्बन्ध सुधारमा के गर्नु पर्ला ?, नेपालको प्रकृतिक विविधतामा कुन स्थानमा कस्ता उद्योगको सम्भावना छ ?, नेपालमा प्रतिफलका हिसावले कुन उद्योग वा व्यवसाय उत्तम छ ? नेपाली नागरिकको वस्तु छनोट विधि र प्रकृया कस्तो छ ? अहिले वैदेशिक लगानी ल्याउदा उच्चतम प्रतिफल कुन क्षेत्रले दिन्छ ?

 

संस्कार र प्रवृति परिवर्तन विना आउने यी नयाँ नेतृत्वले महासंघमा आमूलपरिवर्तन ल्याएर साँचै व्यवसायीक हितको लागि काम गर्छन् भन्ने एकिन गर्ने ठाँउ छैन । परिवर्तन गर्न त्याग र समर्पण चाहिन्छ । त्यो त्याग गर्ने वर्गमा व्यवसायी पर्दैनन् ।

 

धेरैभन्दा धेरै नाफा कमाएर राज्यलाई धेरै कर, नागरिकलाई धेरै रोजगारी र लगानीकर्तालाई धेरै प्रतिफल दिने क्षेत्र कुन हो भनेर छुट्टाउने सामथ्य नराख्ने महासंघले सरकारपछिको सबैभन्दा शक्तिशाली सञ्जालको नारा लगाएर अझै राजनीति गर्ने स्थान बनाइरहँदा हामीले किन पत्याइदिनु पर्ने ? यि सवालका उत्तर यसको नेतृत्वले नै देलान् हामी किन पछि पर्नु ।

 

अहिले निर्वाचनमा होमिएको महासंघलाई ३ वर्ष नेतृत्व गर्न अध्यक्षको रुपमा शेखर गोल्छा आउने छन् । उनले आगामी चैत २९ गते बेलुकाबाट आफ्नो नेतृत्व दिने छन् भने अन्य पदाधिकारीहरु सोही दिन निर्वाचनको प्रक्रियाबाट आउने छन् । संस्कार र प्रवृति परिवर्तन विना आउने यी नयाँ नेतृत्वले महासंघमा आमूलपरिवर्तन ल्याएर साँचै व्यवसायीक हितको लागि काम गर्छन् भन्ने एकिन गर्ने ठाँउ छैन । परिवर्तन गर्न त्याग र समर्पण चाहिन्छ । त्यो त्याग गर्ने वर्गमा व्यवसायी पर्दैनन् । आफ्नै हितको लागि काम गर्ने भनिएपनि एकले अर्कालाई धकेल्न नछाड्ने प्रवृति हाम्रा उद्यमी व्यापारीसँग रहेको छ । यस्तोमा नयाँ आउने नेतृत्वले कसरी काम गर्छ हेर्न रमाइलै होला ।

 

उद्योगी व्यवसायीले आफ्नो मुद्दा तथ्य र तथ्यांकमा राख्न सक्नु पर्छ । अहिलेसम्म महासंघ चुकेकै यहीँ हो । महासंघसँग न तथ्य छ न तर्क गर्ने हैसियत । त्यसैले सधै निजी क्षेत्रमाथि सरकारी संयन्त्र र राजनीतिज्ञको वोलवाला चल्दै आएको छ ।

 

यति लेख्दैगर्दा यहाँ लेख्न छुटाउन नमिल्ने विषय भनेकै निजी क्षेत्रको एकता छँदै छैन भन्ने हो । अहिले नेपालमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग गरिसंघ र नेपाल चेम्बरअफ कर्मश जस्ता ठूला र केही अन्य साना महासंघहरुपनि सक्रिय रहेका छन् । यी संस्था बीच एकमत हुनै सकिरहेको छैन । उद्यमशीलताको विकास, रोजगारी सृजना, नयाँ उद्योगको स्थापना, सरकारी सहयोग, सरकारी अनुदान, करमा छुट जस्ता विषयमा एक अर्कामा कहिल्यै एकमत नहुने यी संस्थाले निजी क्षेत्रको समग्र विकासको वकालत गर्छन् । तर, यी संस्थालाई राज्यले एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्दै आएका छन् । यसले व्यवसायीको हित होइन धेरैलाई अफ्ठ्यारो पर्ने अवस्था सृजना गर्ने छन् ।

 

अन्त्यमा, महासंघमा निर्वाचन जितेर कुन पात्र आउँछ भन्ने विषयले धेरै अर्थ राख्दैन । प्रवृति फेरिन्छ वा फेरिदैन भन्ने प्रमुख विषय बन्छ । आफ्ना पूस्ता दर पुस्ताको नामलाई दाउमा राखेर राज्यले निदृष्ट गरेको गाँस, वास र कपासको परिपूर्तीको लागि लगानी गर्ने उद्योगी, व्यवसायीको साझा हितको लागि राज्यसत्तासँग आफ्नो अधिकार लडेर वा फकाएर लिनसक्ने बनोस् । शुभकामना ।

एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा १०% छुट Read Previous

एभरेष्ट बैंकका ग्राहकलाई सोल्टी होटलमा १०% छुट

१ हजार बिघा सरकारी जग्गा अतिक्रमण Read Next

१ हजार बिघा सरकारी जग्गा अतिक्रमण