शिखर इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । शिखर इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज (फागुन १२ गते) अन्तिम दिन रहेको छ ।

 

इन्स्योरेन्सले हकप्रद निष्काशन प्रयोजनाका लागि लागि फागुन १३ गते बुकक्लोज तोकेको छ । तसर्थ हकप्रदमा पाउनका लागि आजसम्म शेयरधनी कायम भइसक्नु पर्नेछ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको छ।

 

३० प्रतिशतका दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

सिक्टा सिँचाइ आयोजना : नहर परीक्षणका क्रममै भ्वाङ पर्‍यो Read Previous

सिक्टा सिँचाइ आयोजना : नहर परीक्षणका क्रममै भ्वाङ पर्‍यो

कोरोनाले आतंक फैलाएका कारण नेपाली सेयर बजारमा उछाल ! Read Next

कोरोनाले आतंक फैलाएका कारण नेपाली सेयर बजारमा उछाल !