शेयर बजारले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली सेयर बजारले आइतबार कारोबारमा नयाँ रेकर्ड बनाएको छ । यसदिन इतिहासकै सर्वाधिक कारोबार भएको छ । यसअघि गत बिहीबार २ अर्ब ७८ करोडको रेकर्ड तोड्दै आज ३ अर्ब ६० करोडको नयाँ रेकर्ड बनाएको छ ।नेप्सेमा यति धेरै कारोबार भएके यो पहिलो पटक हो ।

 

सेयरबजार मापक सूचक नेप्से करीब ६९.५६ अंकले बढेर १५०४.१४ विन्दुमा पुगेको छ । यो अढाई वर्ष यताकै उच्च विन्दु हो । आज १७८ कम्पनीको ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको कारोबार भएको छ । ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर खरिद विक्री भएका छन् ।

 

आज कारोबार भएका १७८ कम्पनीमध्ये १४२ कम्पनीको सेयर मूलय बढेको छ । २७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज कारोबार भएका १२ समूहकै परिसूचक बढेको छ ।आजसबैभन्दा धेरै जीवन बीमासमूहको परिसूचक १९२.३६ अंकले वृद्धि भएको छ । बैकिङ समूह पनि ८६.०६ अंकले बढेको छ ।

 

कारोबारका आधारमा आज एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रहेको छ । यसको १२ करोड ५६ लाख २१ हजार ७६६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन नेपाल लाइफ, शिखर इन्स्योरेन्स रहिमालय डिष्ट्रिलरीको पनि १० करोडभन्दा माथिको कारोबार भएको छ ।

 

आज १ दर्जन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यीकम्पनीहरूको सेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज तारागाउँ रिजेन्सी होटलको सेयर मूलय सबैभन्दा धेरै ५.६८ प्रतिशतले बढेको छ ।

करीब १४ करोड कित्ता सेयर भएको बैंकको १ कित्ता पनि विक्रीमा छैन Read Previous

करीब १४ करोड कित्ता सेयर भएको बैंकको १ कित्ता पनि विक्रीमा छैन

राष्ट्रिय बीमा संस्थानको कोषमा २६ अर्ब, बीमक ७ लाख Read Next

राष्ट्रिय बीमा संस्थानको कोषमा २६ अर्ब, बीमक ७ लाख