शेयर बजारमा उछाल कायमै, पौने ३ करोडको कारोबार

काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको शेयर बजार आज पनि उच्च अङ्कले वृद्धि भएको छ ।
शेयर बजार मापक सूचक नेप्से आज २९.३२ अंकले बढेर १४३४.५७ विन्दुमा पुगेको छ ।

 

आज कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर २ अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद बिक्री भएका छन् ।

 

आज कारोबार भएका १२ समूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने १० समूहको शेयर बढेको छ ।आजसबैभन्दा धेरै जीवन बीमासमूहको परिसूचक ३८५.३९ अङ्कले वृद्धि भएको छ । व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ अंकले घटेका छन् ।

 

कारोबारका आधारमा आज शिवम् समेन्टको शेयर शीर्ष स्थानमा रहेको छ । यसको १७ करोड २ लाख १३ हजार ९५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन डिस्ट्रिलरीको १२ करोड २२ लाख ६७ हजार ८६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १५ लाख १ हजार ७९८ रुपैयाँको कारोबार भएको छ ।

 

आज ७ कम्पनीको मूल्यमा सकरात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई, फस्ट माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, मेरो माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त र आरएसडिसी लघुवित्त लगायत ९ कम्पनीको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज राधी विद्युत् कम्पनी शेयरमूल्य सबैभन्दा धेरै ४.३९ प्रतिशतले घटेको छ ।

९० लघुवित्तले गरे साढे २ खर्ब ऋण लगानी Read Previous

९० लघुवित्तले गरे साढे २ खर्ब ऋण लगानी

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ आउँदै Read Next

विन्ध्यवासिनी हाइड्रोपावरले २५ लाख कित्ता आईपीओ आउँदै