काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई दम्पत्ति बीमालेख जारी नगर्न निर्देशन दिएको छ ।समितिले बुधबार एक निर्देशन जारी गर्दै एउटै बीमालेखबाट श्रीमान र श्रीमती दुबैको बीमा सुरक्षा हुने बीमालेख जारी गर्न रोक लगाएको छ।
समितिको निर्देशनसँगै अब एउटै बीमालेखबाट श्रीमान र श्रीमती पाउने बीमा सुविधामा रोक लागेको छ। यससँगै जारी भएका दम्पत्ति बीमालेखमा पनि अब श्रीमान् वा श्रीमतीमध्ये एकको मात्र सुरक्षण लाभ समावेश हुनेछ।
पछिल्लो समय बीमा कम्पनीहरुले एउटै बीमा लेख मार्फत दम्पत्तिलाई सुरक्षण गर्ने खालका पोलिसीहरुमा प्रतिप्रर्धात्मक रूपमा बिक्री गर्दै आइरहेका थिए। दम्पत्ति बीमालेखमा दुरुपयोग बढेको भन्दै समितिले कडाई गरेको हो।
समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति पत्नीको सुरक्षण लाभ समावेश नगर्न परिपत्र जारी गरेको हो।
