६ महीनामा ५३ अर्ब बराबरको धितोपत्र सूचीकृत

"सवा २० अर्ब बराबरको निष्काशन अनुमति"

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा ५३ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् ।

 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको पुस मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी, उत्पादनमूलक लगायत कम्पनीको धितोपत्र एक्सचेन्जमा सूचीकृत भएका हुन् ।

 

यस अवधिमा विभिन्न वाणिज्य बैंकहरूको १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको डिबेन्चर सूचीकृत भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले अनिवार्य रूपमा चूक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि धमाधम ऋणपत्र जारी सूचीकृत हुने क्रममा छन् ।  केही बैंककोऋणपत्र भने दोस्रो बजारमा समेत कारोबार भइसकेको छ ।

 

यस्तै यस अवधिमा विभिन्न कम्पनीको १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको बोनस शेयर, १० अर्ब ५६ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपी), ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचअल फण्ड) स्टकमा सूचीकृत भएका छन् ।

 

यस्तै, चालू आवको पुससम्ममा २ अर्ब ५६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर र ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको अन्य धितोपत्र सूचीकृत भएका छन् ।

 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १६ अर्ब ५० करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ४७ करोड रुपैयाँ बराबरको
हकप्रद शेयर, १ अर्ब रुपैयाँको म्युचुअल फण्ड र ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी २० अर्ब ३१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

 

पुस मसान्तसम्ममा सूचीकृत ४ अर्ब ६२ करोड शेयर संख्याको चुक्ता मूल्य ४ खर्ब ५२ अर्ब ५३ करोड रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७९.३ प्रतिशत रहेको छ ।

 

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.३ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.८ प्रतिशत रहेको छ ।

 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १६ अर्ब ५० करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ४७ करोड रुपैयाँ बराबरको
हकप्रद शेयर, १ अर्ब रुपैयाँको म्युचुअल फण्ड र ३४ करोड रुपैयाँ बराबरको साधारण शेयर गरी २० अर्ब ३१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

 

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत कर्जा घरजगा धितोमा Read Previous

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत कर्जा घरजगा धितोमा

देशका ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी Read Next

देशका ८ स्थानीय तहमा मात्रै वाणिज्य बैंक पुग्न बाँकी