शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बेच्न तोक्यो बुकक्लोज

काठमाडौं । शिखर इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि बुक क्लोज मिति तोकेको छ ।

 

कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि फागुन १३ गते (मंगलबार) शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।जस अनुसार कम्पनीको हकप्रद शेयरमा आवेदन दिन फागुन १२ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

 

इन्स्योरेन्सले प्रति शेयर १०० अंकित मूल्यका ३१ करोड ७१ लाख ९३ हजार २ सय बराबरको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद निष्काशन गर्नेछ ।

 

इन्स्योरेन्सको गत साउन २८ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

 

इन्स्योरेन्सको हकप्रद निष्काशनको काम एनआईबीएल क्यापिटलले गर्नेछ । कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३ (प्लस) रेटिङ प्रदान गरेको छ ।

 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रहेको छ। हकप्रद बिक्री पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ४५ लाख पुग्नेछ।

विवेकको भरपुर उपयोग गर्दै नेपाल लाइफका ‘कान्छा सिइओ’ Read Previous

विवेकको भरपुर उपयोग गर्दै नेपाल लाइफका ‘कान्छा सिइओ’

व्यक्तिगत प्यान लिने झण्डै ८५ प्रतिशतले बढे, राजश्व संकलनमा २५% को बृद्धि Read Next

व्यक्तिगत प्यान लिने झण्डै ८५ प्रतिशतले बढे, राजश्व संकलनमा २५% को बृद्धि