कोरोना प्रभावः मास्क बनाउने कम्पनीका सेयर मूल्य दिनमै सैयौं प्रतिशतले बढ्दै

हङकङको सेयर बजारमा सूचिकृत सिलिकन र रबर किप्याड बनाउने कम्पनीको सेयर मूल्य एकैदिन १२९ प्रतिशतले बढेको छ । कम्पनीले बेइजिङको लागि मास्क बनाउने कामको ठेक्का पाएपछि सेयर मूल्यमा उछाल आएको हो ।

 

टा याङ ग्रुप होल्डिङ्स नाम गरेको कम्पनीको सेयर मूल्य आज शुक्रबार १२९ प्रतिशतले बढेर ०.६३ हङकङ डलर पुगेको हो । यो भनेको सन् २०१८ को नोभेम्बर महिना पछिकै उच्च हो । मध्य दिनसम्म कम्पनीको सेयर मूल्यमा ३५ प्रतिशतको बढोत्तरी भएको थियो । आज शुक्रबार करिब ६ करोड २० लाख कित्ता सेयर कारोबार भएको छ । कारोबार २७५ पटक भएको थियो ।

 

कम्पनीले बेइजिङको एक सरकारी कार्यालयबाट ५० लाख मास्कको अर्डर आएको बताएको छ । कम्पनीले यसअघि मास्क बनाएको भने छैन । त्यसैले उसले सान्जेनको एक प्रबिधि कम्पनीसँगको साझेदारीमा काम गर्ने बताएको छ ।

 

टा याङले सिलिकन रबरका उत्पादनहरु बनाएर आफ्नो आम्दानी गरिरहेको छ । र, सन् २०१२ देखि २०१८ सम्म लगातार घाटा ब्यहोरेको छ । कम्पनीको लानि कारोना भाइरसले चीनमा तहल्का मच्चाएर मास्कको माग अत्याधिक बढेपछि ब्यवसायीक क्षितिज उघारिएको हो ।

 

गत मंगलबार पनि मास्क बनाउने घोषणा गरेपछि मुडी टेक्जोलोजीको सेयर २२० प्रतिशतले बढेको थियो । हङकङ टेलिभिजन नेटवर्क, जसले अनलाइन सपिङ मल मार्फत मास्क बेच्छ, को सेयर पनि यो वर्ष ४२ प्रतिशतले बढेको छ ।

उपत्यकामा बन्ने स्याटलाइट सिटी र औद्योगिक क्षेत्र हटाउने नगरसभाको निर्णय Read Previous

उपत्यकामा बन्ने स्याटलाइट सिटी र औद्योगिक क्षेत्र हटाउने नगरसभाको निर्णय

मेगा बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन Read Next

मेगा बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन