शिखर र बी एफ डियर हिलका जुत्तामा ५० प्रतिशत छूट

काठमाडौ । काठमाडौको भृकुटीमण्डपमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल कम्पनीहरुको बृहतमेला सुरु भएको छ ।

 

नेपालमा उत्पादित जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन १ गतेदेखि मेला सुरु भएको हो । नेपालको बजार क्षेत्रमा लामो इतिहास बोकेका प्रतिष्ठित जुत्ता कम्पनी, शिखर शु, बी एफ डियर हिल, ल्यान्डवाक, रन शु र शुल्याण्डले मेलाको आयोजना गरेका हुन् ।

 

उक्त मेलामा नेपाली उत्पादित थरीथरीका जुत्ताचप्पल प्रदर्शनी तथा विक्रीमा रहेका छन् । बच्चादेखि जेष्ठ नागरिकसम्मका महिला पुरुषका लागि करीब दुईहजार मोडलका जुत्ता चप्पल रहेका छन् ।

 

मेलामा १ सय रुपैयाँदेखि १ हजारसम्मका चप्पल र २५० देखि ८ हजार रुपैयाँसम्मका जुत्ता विक्रीमा राखिएका छने । शिखर, बी एफ डियर हिल लगायत कम्पनीका जुत्तामा १५ देखी ५० प्रतिशत सम्म छुटको दिइएको छ ।

 

बजारमा ग्राहकले हाम्रा जुत्ता मात्र किन्ने गरेका र सुझाव दिने अवसर नपाउने हुँदा ग्राहकसँग प्रत्यक्ष भेटघाटसँगै सुझाव लिन मेलाको आयोजना गरिएको ल्यान्डवाकका सौरव श्रेष्ठले बताए ।

नरेन्द्र मोदीको दैनिक सुरक्षा खर्च १ करोड ६२ लाख भारु Read Previous

नरेन्द्र मोदीको दैनिक सुरक्षा खर्च १ करोड ६२ लाख भारु

ऊर्जा क्षेत्रका आयोजनामा चरम लापारबाही, ४४ अर्बको ठेक्कामा समस्या Read Next

ऊर्जा क्षेत्रका आयोजनामा चरम लापारबाही, ४४ अर्बको ठेक्कामा समस्या