नबिल बैंकको मुनाफा १३ करोड ५० लाख रुपैयाँले गिरावट

नबिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ६.२० प्रतिशतले अर्थात १३ करोड ५० लाख रुपैयाँ घटेको छ । यसअवधिमा बैंकको खुद नाफा २ अर्ब ४ करोड १८ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसैअवधिमा बैंकले २ अर्ब १७ करोड ६८ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेकाले खुद नाफा घटेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५ करोड ९६ लाख रुपैयाँ घटेर ३ अर्ब ४५ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा १७ करोड ४३ लाख रुपैयाँ घटेर २ अर्ब ९० करोड ९३ लाख रुपैयाँमा सीमित भएको छ।

 

यता, बैंकको चुक्ता पुँजीको आकार २५.५४ प्रतिशतले बढेको १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । नाफा घट्नु र पुँजीको आकार बढ्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा परेको छ । बैंकको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा भन्दा ८ रुपैयाँ ९६ पैसाले घटेर ४५ रुपैयाँ ३२ पैसामा सीमित भएको छ ।

 

१ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको यस बैंकले पुस मसान्तसम्ममा ८ अर्ब १४ करोड रुपैयाँ ब्याज आम्दानी गरी ४ अर्ब ६८ करोड रुपैयाँ ब्याज खर्च गरेको छ। बैंकको निष्क्रिय कर्जा सो अवधिसम्ममा ०.६२ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ।

 

यस बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोषमा २ अर्ब १३ करोड ४ लाख रुपैयाँ र शेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको छ।

 

पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ९१ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको कोषको लागत ६.०२ प्रतिशत, आधार दर ८.१० प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत कायम रहेको छ।

बैदेशिक व्यापारलाई सहज बनाउन बन्दरगाह प्राधिकरण गठन गर्दै सरकार Read Previous

बैदेशिक व्यापारलाई सहज बनाउन बन्दरगाह प्राधिकरण गठन गर्दै सरकार

सिभिल बैंककाे ब्यापार बढ्याे, नाफा १५ प्रतिशतले घट्यो Read Next

सिभिल बैंककाे ब्यापार बढ्याे, नाफा १५ प्रतिशतले घट्यो