काठमाडौं। पछिल्लो समय मुलुकभित्र मागको तुलनामा बढी विद्युत उत्पादन हुन थालेपछि रिङरोडमा विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ । नगर विकास कोषले चाँडै नै ठूला विद्युतीय बस सञ्चालन गर्ने तयारी अघि बढाएको जानकारी गराएको हो ।
रिङरोडमा विद्युतीय बस सञ्चालनका लागि हालको समयमा यातायात व्यवस्था विभागसंग छलफल भइरहेको कोषले बताएको छ । पछिल्लो समय सरकारले नै विद्युतीय सवारीलाई सरकारले नै प्राथमिता दिएको अवस्थामा तयारी अघि बढाएको नगर विकास कोष अन्र्तगतको व्यवसाय प्रवद्र्धन तथा आयोजना विकास महाशाखाका निमित्त प्रवधक सुमन मेहेर श्रेष्ठले बताएका छन् ।
‘हाल हामीले रिङरोडमा विद्युतीय बस सञ्चालनका लागि तयारी अघि बढाएका छौं’, श्रेष्ठ भन्छन्, ‘तर, यसको लागि सबैभन्दा ठूलो चुनौती भनेकै हाल रिङरोडमा सञ्चालन रहेका करिब २ हजार सवारीसाधन विस्थापित गर्नु हो । उक्त सवारीसाधन जतिसक्दो चाँडो विस्थापित हुन्छ त्यतिनै चाँडै रिङ्रोडमा विद्युतीय बस सञ्चालनमा आउन सम्भव छ’
नगर विकास कोषले हाल नमुना पाइलटको रुपमा ‘सार्वजनिक दिगो यातायात’ नामक बस सञ्चालन गरिरहेको छ । पहिलोपटक सार्वजनिक यातायातमा लगानी गरेको नगर विकासले अहिले १७ वटा बस संचालनमा ल्याएको छ । कोषले उक्त १७ वटा बस सञ्चलन गर्न २६ वटा माइक्रोबस र ३५ वटा सफा टेम्पो सो रुटबाट हटाएको थियो ।
विद्युतीय बस संचालनलाई प्राथमिकता दिइरहँदा अर्को महत्वपूर्ण विषय चार्जिङ स्टेसनको रहेको श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार, बस डिपो रहेको स्थानमै त्यसको चार्जिङ स्टेसन बनाउनुपर्ने उत्तिकै आवश्यकता रहेको छ । यसो गर्दा पिक टाइममै पनि बसहरु चार्जगरी गुडाउन सम्भव रहने उनको ठम्याई छ । कोषले चार्जिङ स्टेसन निर्माणको लागि सरोकारवाला निकायहरुसंग आवश्यक छलफलको गर्ने समेत स्पष्ट पारेको छ ।
हाल मुलुकमा डिजेलको आयात ठूलो मात्रामा भएको अवस्थामा त्यसलाई कम गरी मुलुकभित्र उत्पादित विद्युत प्रयोग गर्न रिङ्रोडमा बिआरटी सिस्टम (बस ¥यापिड ट्राञ्जीट) प्रयोग गर्ने योजना रहेको कोषले बताएको छ । उक्त स्सिटम अनुसार, बसमा टाइम कार्ड लागु हुने हुँदा यात्रुहरुले सुलभ मूल्यमा यात्रा गर्न सक्नेछन् भने समयमै गन्तवयमा पुग्नसमेत सक्ने छन् । विद्युतीय बस संचालनमा आउँदा यसले बिस्तारै आयात हुने डिजेल तथा पेट्रोलको मात्रा कम गर्न ठूलो सहयोग पु¥याउने कोषको ठम्याई छ ।
नगर विकास कोषले हाल नमुना पाइलटको रुपमा ‘सार्वजनिक दिगो यातायात’ नामक बस सञ्चालन गरिरहेको छ । पहिलोपटक सार्वजनिक यातायातमा लगानी गरेको नगर विकासले अहिले १७ वटा बस संचालनमा ल्याएको छ । कोषले उक्त १७ वटा बस सञ्चलन गर्न २६ वटा माइक्रोबस र ३५ वटा सफा टेम्पो सो रुटबाट हटाएको थियो ।
नगर विकासले उक्त बस सञ्चालन गर्नु अगावै महाराजगञ्ज–कलंकी–किर्तिपुर र नयाँ बसपार्क–कमलपोखरी मैत्तिदेवी–सिनामंगल गरी दुई रुटमा सञ्चालन गर्ने योजना अघि बढाएतापनि हाल एक मात्रै रुट, नयाँ बसपार्क–कमलपोखरी मैत्तिदेवी–सिनामंगल संचालन भइरहेको छ ।
संचालनमा रहेको दिगो यातायातलाई नगार विकास कोषले ऋण सहयोग गरेको थियो । ग्लोवल इन्भारमेन्ट फण्ड (जि.इ.एफ) बाट सहुलियतमा ऋण लिएर उक्त दिगो यातायात खरिदका लागि कोषले ३८ करोड रुपैंया ऋण प्रदान गरेको जानकारी गराएको छ । कोषले बस खरिदको कुल लगानीको ९५ सहयोग गरेकोमा ८० प्रतिशत ऋण सहयोग र १५ प्रतिशत अनुदान प्रदान गरेको हो ।
त्यस्तै बाँकीको ५ प्रतिशत भने सवारीधनी स्वयमले लगानी गर्नुपरेको थियो । कोषले प्रदान गरेको ८० प्रतिशत ऋण भने ५ प्रतिशत ब्याजमा ८ वर्ष समयावधि तयगरी प्रदान गरेको कोष स्वयमे खुलाएको हो । उक्त ८ वर्षको समयपछि भने बस स्वयम सवारी संचालकको हुने छ । विस्थापित भएका संचालकलाई विशेष राहत प्रदान गर्दै उनीहरुकै संलग्नतामा कम्पनी खोली बस संचालन गरिएको कोषले थप बताएको हो ।
दिगो यातायात संचालनकै समयमा कोषले विद्युतीय बस संचालन गर्ने योजना बनाएपनि त्यस समयमा विद्युतीय बस महंगो रहेको हुँदा संचालन गर्न नसकिएको श्रेष्ठ बताउँछन् । कोषले उक्त समय विद्युतीय बस खरिदका लागि लगानी जुटाउन नसक्दा त्यस समय बस संचालन हुन नसकेको उनको भनाई छ ।
तर, हालको समयमा सरकारले नै विद्युतीय बस खरिदमा सहुलियत प्रदान गरेको अवस्था रहँदा बस खरिद गर्न सरल रहने छ । दीर्घकालीन, प्रविधिमैत्री तथा वातावरणमैत्री बस संचालन गर्ने लक्ष्यसहित संचानमा आएको ५२ सिटे दिगो यातायातले हाल थुप्रै यात्रुलाई सेवा प्रदान गरिरहेको कोषको दाबी छ ।