बंगलादेश बैंकले २ प्रतिशतले खुद नाफा बढाउँदा हिमालयनले २७ प्रतिशतले बढायो

काठमाडौं। नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १.८२ प्रतिशतले खुद नाफा बढाएको छ । दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ८० करोड ७७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको दोस्रो त्रैमाससम्म निक्षेप ५.६२ र कर्जा १०.३१ प्रतिशतले बढाएको छ । तर, बैंकको कुल ब्याज आम्दानी २.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँ मात्र कमाएको हो ।

 

८ अर्ब ८ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.९७ रुपैयाँ र खराब कर्जा १.९२ प्रतिशत रहेको छ ।

 

उता हिमालयन बैंैकले भने २७.४६ प्रतिशतले खुद नाफा बढाएको छ । तर, बैंकको नाफा भने गैर सञ्चालन नाफा बढेका कारण बढेको हो । बैंकले गत आर्थिक वषको दोस्रो त्रैमाससम्म १ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्ष १ अर्ब ७४ करोड रुपैयाँ कमाएको हो ।

 

बैंकको निक्षेप ३.०६ प्रतिशतले र कर्जा ५.४२ प्रतिशतले बढेको छ । बैंकको कुल ब्याज आम्दानी ३.३९ प्रतिशतले मात्र बढेको छ । ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने खराब कर्जा १.२८ प्रतिशतर रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी ४०.९० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.७४ गुणा रहेको छ ।

७ वर्षमा पनि बनेन चावहिल मालपोतको भवन, फेरि म्याद थपको तयारी Read Previous

७ वर्षमा पनि बनेन चावहिल मालपोतको भवन, फेरि म्याद थपको तयारी

त्रिशूलीपारि सडक निर्माण गरिने Read Next

त्रिशूलीपारि सडक निर्माण गरिने