एक वर्ष भित्र यी स्थानका बिजुलीको पोलमा तार नदेखिने, यसरी काम गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकका अव्यवस्थित बिजुली, केवल र टेलिफोनका तारहरु व्यवस्थापन गरिरहेको छ । अहिले ठाउँ ठाउँ तार बेरेर राख्ने काम भइरहेको छ भने नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै तार अन्डरग्राउण्ड गर्न पाइपलाइन निर्माण गर्ने योजना तयार गरेको छ ।

 

प्राधिकरणले ल्याएको अन्डरग्राउण्डको कामलाई धेरै समय लाग्ने भएपछि महानगरले छुट्टै योजना बनाएर तार व्यवस्थापन गर्न लागेको हो । महानगरले वैकल्पिक योजनाको रुपमा पोलका तारमा पाइप राख्ने तयारी गरेको हो ।

 

अहिले गुजुल्टिएका तारहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा नेपाल विद्युत प्राधिकरण, काठमाडौं माहानगरपालिका र केवुल एसोसियसन बीच छलफल भइरहेको काठमाडौं माहानगरपालिकाका शहरी शुव्यवस्थापन शाखा प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

 

‘तार व्यवस्थापनका लागि हामी नयाँ–नयाँ टेक्नोलोजीहरु अपनाउने योजनामा छौ, सरोकारवाला निकायसँगको छलफलपछि यसमा टुङ्गो लाग्नेछ’, प्रमुख कुँवरले चाण्क्य पोष्टसँग भने ।

 

प्रत्येक पोलमा क्याप राखेर, त्यही डिजाइनको पाइप भित्रबाट तारलाई जडान गर्दै लगिने उनले बताए । अन्डरग्राउण्ड नबनेसम्मका लागि यो बैकल्पिक योजनाका रुपमा मात्र रहने छ । पाइप राखेर तार व्यवस्थापन गर्ने काम एक सय जना कामदार राखेर एक वर्ष भित्र सक्ने योजना भएको उनले जानकारी दिए ।

 

यसका लागि माहानगरपालिकाले कुनै संस्थासँग सहकार्य गर्ने छ । पाइप राखेर तार व्यवस्थापन तथा निर्माण गर्ने जिम्मा प्राधिकरणलाई दिइने उनले बताए ।

 

हाल काठमाडौं माहानगरपालिकाले त्रिपुरेश्वरदेखि महाराजगंज, महाराजगंज चक्रपथ हुँदै चावहिल गौशाला, तालिमकेन्द्र हुँदै वालुवाटार, गैरिधारा, पुतलिसडक, जयनेपालहल हुँदै थापाथली, त्रिपुरेश्वरदेखि सोल्टिमोड लगायतका क्षेत्रमा तारहरु व्यवस्थापन गरिरहेको छ ।

 

यस्तै मुख्य सडकसँगै साना सडकहरुमा पनि तार व्यवस्थापन अन्डरग्राउण्ड गर्नका लागि नेपाल विद्युत प्राधिकरणले काठमाडौं माहानगरपालिकासँग थप सहमति माग्दै छ ।

 

प्राधिकरणले पहिलो चरणमा भिआइपी सडकहरु एरपोर्टदेखि कलङकी त्रिपुरेश्वरदेखि महाराजगंज, जमल, दरबारमार्ग, वालुवाटार, गैरिधारा, कमलपोखरी, ज्ञानेश्वर, हुँदै एयरपोर्ट गौशाला हुँदै बौद्धसम्म पाइप राखेर तार व्यवस्थापन तथा निर्माण गर्ने योजना बनाएको छ ।

स्वदेशी उद्योग दर्ता ४४ प्रतिशतले घट्दा बिदेशी २३ प्रतिशतले खुम्चियो Read Previous

स्वदेशी उद्योग दर्ता ४४ प्रतिशतले घट्दा बिदेशी २३ प्रतिशतले खुम्चियो

एकै दिन दुई गैँडा मरे Read Next

एकै दिन दुई गैँडा मरे