काठमाडौं। पछिल्लो समय मुलुकभित्र दर्ता हुने उद्योगको संख्यामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५÷७६ को ६ महिना अर्थात साउन देखि पुससम्मको समयावधिको तुलनामा चालु आवको सोही ६ महनिामा स्वदेशी उद्योग दर्तामा ४४ प्रतिशतले कमी आएको उद्योग विभागको तथ्यांकमा उल्लेख भएको छ ।
विभागको तथ्यांक अनुसार गत आवको ६ महिनामा मुलुकभित्र कुल ७२ वटा स्वदेशी उद्योग दर्ता भएका छन् । यसरी चालु आवको सोहि ६ महिनको अवधिमा भने उक्त स्वदेशी उद्योग दर्ताको संख्यामा ४४ दशमलब ४ प्रतिशतले कमीआई ४० वटामा सीमित रहेको विभागको तथ्यांकले देखाएको हो ।
त्यस्तै ६ महिनाको अवधिमा वैदेशिक लगानीका उद्योग दर्तामा पनि उत्तिकै रुपमा कमी आएको देखिन्छ । गत आवको ६ महिनामा वैदेशिक लगानीका कुल १ सय ९६ उद्योग दर्ता भएकोमा चालु आवको सोहि अवधिमा भने उक्त संख्यामा कमीआई मात्र १ सय ५० मा सीमित रहेको छ ।
पछिल्लो समय उद्योग क्षेत्रको विकासमा सम्भावना बढ्दै गएको भन्दै विभागले राजनीतिक स्थिरता, नीति निर्माणमा सुनिश्चितता र निरन्तरता, जलविद्युत उत्पादन र ऊर्जाको पर्याप्तताले उद्योगका लागि राम्रो वातावरणरहेको बताएको छ । यद्यपी विभागकै तथ्यांक अनुसार, हाल उद्योग स्थापनाको संख्यामा कमी आउनुले भने यसको विपरित स्थितीलाई प्रष्टाएको देखिन्छ ।
विभागको तथ्यांक अनुसार, यसरी ६ महिनाको अवधिमा वैदेशिक लगानीका उद्योग दर्तामा २३ दशमलब ४६ प्रतिशतले कमी आएको हो । उद्योग दर्ताको संख्यामा कमी आएसंगै उद्योग क्षेत्रमा हुने लगानीमा पनि कमी आएको यसले प्रष्ट पारेको छ ।
मुलुकमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी संख्या पर्यटनमूलक उद्योगको रहेको छ । त्यस्तै दोस्रोमा उत्पादनमूलक र तेस्रोमा सेवामूलक उद्योगको संख्या बढी रहेको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार, सबै भन्दा न्यून संख्यामा कृषि तथा वनपैदावरमा आधारित उद्योगको दर्ता भएका छन् ।
देशको आर्थिक विकासको इन्जिनको रुपमा रहेको उद्योग क्षेत्रको विकासले अर्थतन्त्रको चौतर्फि विकासमा टेवा पु¥याउँदै समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । तर, पछिल्लो समय उद्योग क्षेत्रनै खुम्चिएको अवस्थाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पु¥याएको उद्योग विभागका तथ्यांक अधिकृत पुष्पराज शिवाकोटी बताउँछन् ।
विभिन्न आन्तरिक र बाह्य कारणले गर्दा बर्तमान अवस्थामा यस क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादन (जिडीपी)मा समेत घट्दो क्रममा रहेको उनको दाबी छ । ‘विगतमा मुलुकका उद्योगले जिडीपीमा १० प्रतिशत योगदान पु¥याउँदै आएको थियो अधिकृत शिवाकोटी भन्छन् अहिले त्यो घटेर ५ प्रतिशतमा झरको छ । यसरी उद्योग दर्तामा आएको कमी र थुप्रै सञ्चालनमा रहेका उद्योग बन्द हुँदै जानुले उक्त योगदान अझै घट्ने निश्चित नै छ’
पछिल्लो समय उद्योग क्षेत्रको विकासमा सम्भावना बढ्दै गएको भन्दै विभागले राजनीतिक स्थिरता, नीति निर्माणमा सुनिश्चितता र निरन्तरता, जलविद्युत उत्पादन र ऊर्जाको पर्याप्तताले उद्योगका लागि राम्रो वातावरणरहेको बताएको छ । यद्यपी विभागकै तथ्यांक अनुसार, हाल उद्योग स्थापनाको संख्यामा कमी आउनुले भने यसको विपरित स्थितीलाई प्रष्टाएको देखिन्छ ।
मुलुकभित्र उद्योग स्थापनाका लागि अधिक सम्भावना रहेतापनि यससंगै चुनौती पनि उत्तिकै रहँदा उद्योग स्थापनामा कमी आएको उद्योगीहरुको भनाई छ । सम्भावना धेरै रहेतापनि कानुन र नीतिमै जटिलता आएपछि उद्योग स्थापनामा कमी आएको गारमेण्ट उद्योगी एवम तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डी प्रसाद अर्याल बताउँछन् ।
हाल तयारी पोशाक उद्योगको रुग्ण हुने क्रमको उदाहरण दिँदै अझ पनि लगानीको लागि उपयुक्त वातावरण तयार नभएको उनको ठम्याई छ । अझैपनि मुलुकमा लगानीको उपयुक्त वातावरणकालागि सरकारले थुप्रै प्रायस गर्न आवश्यक रहेको उनको भनाई छ । हाल सञ्चालनमा रहेका उद्योगहरु नै धरासयी बन्न पुगेको अवस्थाले नयाँ उद्योग सञ्चालनमा आउने क्रमलाई पनि चुनौतीको रुपमा देखाएको अर्यालको दाबी छ ।