डिसहोमले शुरुगर्याे बालबालिकाहरुको लागि विशेष च्यानल ‘राइम्स’

काठमाडाैं ।  डिसहोमले पारिवारिक  मनोरञ्जन दिने उद्देश्यमा एक कदम अगाडि बढ्दै एउटा विशिष्ट च्यानल ‘राइम्स’ शुरु गरेकाे छ । याे च्यानलकाे उद्देश्य भोलिको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पार्ने रहेकाे छ । याे दुई देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्तरक्रियात्मक च्यानल हो । नयाँ च्यानलले बच्चाहरुको लागि पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्नेछ ।

 

कम्पनीले यस  च्यालन मार्फत बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च हुने  विश्वास लिएकाे जनाएकाे छ । आफ्नो दर्शकहरुद्वारा पहिले नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरिसकेको डिसहोमले यो च्यानलबाट पनि आफ्नो उद्देश्य पुरा गर्दै उत्कृष्ट हुनेछ भन्नेमा विश्वस्त छ जनाएकाे छ ।

 

डिसहोम नेपालमा रहेको अग्रणी डीटीएचसेवा प्रदायक कम्पनी हो जसले थुप्रै डिजिटल एचडी च्यानलहरु उपलब्ध गराउँदै आइरहको छ । चाहे मनोरञ्जन होस्, कुनै कुराको ज्ञान होस, खेलकुद होस् या त्यो केहि सिक्नको लागि होस् डिसहोम ले आफ्नो विभिन्न च्यानलहरु मार्फत दर्शकवर्गहरुलाई अद्भुत दृश्य तथा मनोरञ्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

दुर्घटना दर बढ्यो, पछिल्लो ६ महिनामा हरेक दिन ६१ दुर्घटना Read Previous

दुर्घटना दर बढ्यो, पछिल्लो ६ महिनामा हरेक दिन ६१ दुर्घटना

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी Read Next

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी