बेल्जियमकी राजकुमारी एस्ट्रिडको भक्तपुर भ्रमण (फोटोफिचर)

काठमाडौं । केही दिन अघि बेल्जियम राजकुमारी एस्ट्रिड नेपाल भ्रमणका लागि आएकी थिइन् । उनले मंगलबार भक्तपुर दरबार र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरेकी हुन् ।

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा भव्य स्वागत गरेका थिए  ।उनलाई पुष्पगुच्छा, नेपाली थैली र ढाकाको शल लगाएर स्वागत गरिएको थियो । भ्रमणका क्रममा राजकुमारी एस्ट्रिडले भविष्यमा पनि नेपाल भ्रमण गर्ने इच्छा प्रकट गरेकी थिइन् ।

 

 

प्रमुख प्रजापतिले भक्तपुरको कला, सँस्कृति र सम्पदा संरक्षण तथा जीर्णोद्धार भक्तपुर नगरपालिकाले गरिरहेको बताए । भ्रमणको क्रममा प्रतिनिधि मण्डलले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले मन्दिर र भैरबनाथ मन्दिर लगायतका पुरातात्विक तथा ऐतिहासिक स्थानहरुको अवलोकन गरेका थिए ।

 

भ्रमणको क्रममा राजकुमारी एस्ट्रिडले भक्तपुरको टौमढीमा प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच अवलोकन गरेकी थिइन् । उक्त टोलीलाई भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले साँस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुबारे संक्षेपमा जानकारी दिएका थिए ।

समृद्धिको यात्रामा बैंक तथा वित्तिय संस्थाको भुमिका प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री Read Previous

समृद्धिको यात्रामा बैंक तथा वित्तिय संस्थाको भुमिका प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री

निसास्सिएर आठ पर्यटकको मृत्यु Read Next

निसास्सिएर आठ पर्यटकको मृत्यु