निसास्सिएर आठ पर्यटकको मृत्यु

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिए ।

 

पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बेल्जियमकी राजकुमारी एस्ट्रिडको भक्तपुर भ्रमण (फोटोफिचर) Read Previous

बेल्जियमकी राजकुमारी एस्ट्रिडको भक्तपुर भ्रमण (फोटोफिचर)

सवारी कर्जा खुकुलो पार्न छलफलमा अर्थमन्त्रालयका अधिकारीहरु, पुर्नविचार हुने संकेत Read Next

सवारी कर्जा खुकुलो पार्न छलफलमा अर्थमन्त्रालयका अधिकारीहरु, पुर्नविचार हुने संकेत