सिटिजन्स बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १०.७३ प्रतिशतले खुद नाफा घटाएको छ । बैंकको नाफा गत वर्ष सोही अवधिसम्म ७७ करोड ३ लाख रुपैयाँ थियो भने यो वर्ष खुद नाफा ६८ करोड ७७ लाख रुपैयाँमा खुम्चिएको हो ।
बैंकको निक्षेप ७.२१ प्रतिशतले बढेको छ भने कर्जा परिचालन ९.८३ प्रतिशतले बढेको छ । बैंकको निक्षेप ७५ अर्ब ५९ करोड रुपैयाँ छ भने कर्जा ६९ अर्ब ९ करोड रुपैयाँ छ ।
बैंकको व्याज आम्दानी ३.७८ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो ६ महिनामा १ अर्ब ४९ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले यो वर्ष १ अर्ब ४३ करोडमात्र व्याज आम्दानी गर्न सफल भएको छ ।
बैंकले खराब कर्जामा भने सुधार गरेको छ । गत वर्ष १.६२ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.९९ प्रतिशतमा झरेको छ । प्रति सेयर आम्दानी १५.९५ रुपैयाँ भएको बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।
।