रकेट आकारको १ हजार मिटर अग्लो ‘दुबई क्रिक टावर’ बिश्वकै अग्लो संरचना हुन लागेको छ । सहरकै अर्को ठूलो संरचना ‘बुर्ज खालिफा’बाट क्रिक टावरले यो ताज खोस्न लागेको हो ।
बैभव र सम्बृद्धिको पछिल्लो संस्करणको सूचक यो टावर दुबई सहरको बिम्ब हो, जुन केही दशक अघिसम्म माछा मार्ने गाउँको रुपमा रहेको थियो ।
तेलको ब्यापार र घरजग्गामा आएको उछालले अहिले दुबई संयुक्त अरब इमिरेट्सको वित्तिय राजधानी भएको छ । अनी पर्यटन, ब्यापार र बैंकिङको केन्द्र पनी ।
यो सहरले चम्किला पूर्वाधारहरुलाई जन्माइरहेको छ । अत्यन्तै ठूला पूर्वाधारहरुको पर्यायवाची सहर भन्दा पनि हुन्छ दुबईलाई । मानव निर्मित टापु, बिश्वकै ठूलो प्रकृतिक फूल बगैचाँ, ‘फेरिस व्ह्लि’ र बिलासी होटलहरु त्यसका केही उदाहरण हुन् ।

दुबईले सन् १९७० मा आफ्नो अर्थतन्त्रमा बिविधिकरण ल्याएपछि यो सहर आफ्ना अन्य छिमेकीहरु भन्दा तिब्र गतिमा बृद्धि हुन थालेको हो । बिश्वका सबै ठाउँबाट सहज आवतजावत गर्न सकिने हुँदा यहाँको जनसंख्यामा ह्वात्तै बृद्धि भएको छ । बिदेशीहरु बसाइसराइ गरेका छन् यो सहरमा, उल्लेख्य संख्यामा ।
संयुक्त अरबको राजधानी रहेको दुबईको अहिले पनि आम्दानीको स्रोतको रुपमा तेल रहेको छ । तर, कुनै बेला कुल ग्राहस्थ उत्पादनको ५० प्रतिशत हिस्सा तेलले ओगटेको थियो भने अहिले १ प्रतिशत भन्दा पनि तल झरेको छ । अर्थात, आम्दानीको अन्य स्रोतहरु खुलेका छन् ।
सन् २०५० सम्ममा दुबईले आफुले उपभोग गर्ने कुल उर्जाको ५० प्रतिशत नविकरणीय उर्जा हुने लक्ष्य लिएको छ । दुबई अहिले युएईकै ठुलो कोइला पावर प्लान्ट बनाउने क्रममा पनि छ ।

सुस्ताउँदो अर्थतन्त्र
बाहिर बैभवको भव्य आकारहरु देखिए पनि दुबईको अर्थतन्त्र पछिल्ला वर्षहरुमा सुस्ताइरहेको छ । उती राम्रो देखिएको छैन । घरजग्गाको मूल्य ओरालो लागिरहेको छ । पूर्वाधार निर्माणको प्रक्रियाहरु पनि सुस्ताएका छन् । रोजगारीको उपलब्धतामा पनि गिरावट आएको छ । अर्थतन्त्र धिमा छ ।
अर्थतन्त्रलाई केही बिविधिकरण गरेको भए पनि दुबईको अहिलेको समस्या सन् २०१५ को तेलको मूल्यमा आउको गिरावटसँग जोडिएको छ ।
दुबई अहिले तेलसँग मात्र निर्भर हुन नचाइरहेको एक मात्र देश होइन । मध्यपूर्वका अन्य देशहरुले पनि यसतर्फ सोच्न थालेका छन् ।