काठमाडौं। फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८.८६ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीले ६ महिनाको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्दै खुद नाफा ५ करोड ६३ लाखबाट बढाएर ६ करोड ६९ लाख पुर्याएको जनाएको छ ।
लघुवित्तले २१.३२ प्रतिशतले निक्षेप बढाएको छ । गत वर्ष सोहि अवधिसम्म ४ अर्ब ५७ करोड निक्षेप संकलन गरेको लघुवित्तले यो वर्ष ५ अर्ब ५४ करोड पुर्याएको हो ।
कम्पनीको कुल व्याज आम्दानी १६.०१ प्रतिशतले बढेको छ ।
८० करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १७ करोड ४२ लाख रुपैयाँ भने खराब कर्जा शुन्य प्रतिशत छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १६.७२ रुपैयाँ छ, जुन अघिल्लो वर्षको (१६.४६) भन्दा थोरैले मात्र बढि हो । कम्पनीको मूल्य आम्दानी अनुपात २४.८२ गुणा छ । कम्पनीको अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ४१५ रुपैयाँ छ ।