काठमाडौं । बिगत केही दिन देखि सेयर बजारले लय समाते सँगै देनिक कारोबार रकममा पनि बढोत्तरी हुन थालेको छ । हिजो (सोमबार) मात्र १ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । केही महिना अघिसम्म दैनिक २५–३० करोड रुपैयाँको कारोबार हुँदै आएको नेपाली सेयर बजारमा पछिल्लो कारोबार रकमले ठूला लगानीकर्ता सँगसँगै नयाँ र साना लगानीकर्ताहरु पनि बजार पस्न थालको संकेत पाइन्छ ।
त्यसैले यहाँ बजार पस्दै गरेका नयाँ लगानीकर्ताको आवश्यकतालाई ध्यानमा राखी लगानी पोर्टफोलियो निर्माणका बिषयमा केही सामान्य चर्चा गरिनेछ ।
नयाँ लगानीकर्ताको स्वभाव भनेको सामान्यतः बजार बढ्न थालेपछि बजार पस्ने अनी आफूसँग भएको सबै पैसालगायत ऋण समेत गरेर बजारमा खन्याउने हुन्छ । यसो हुँदा बजार घट्दा उनीहरुसँग आफ्नो सामान्य दैनिकी चलाउने पैसा समेत नभइरहेको अवस्था हुन्छ । समाजमा यसो आँखा डुलाउने हो भने यस्ता घटनाहरु प्रशस्तै देखिन्छन् ।
म्युचुअल फण्डहरुले मंसिर मसान्तसम्म अत्याधीक लगानी गरेका बाणिज्य बैंकहरुमा नबिल, नेपाल बैक र कृषि विकास बैंक रहेका छन् भने विकास बैंकहरुमा मुक्तिनाथ, गरिमा र साइन रेसुङ्गा रहेका छन् । वित्त कम्पनीमा आइसीएफसी उनीहरुको रोजाइमा परेको छ भने होटलमा उनीहरुले सोल्टीलाई छानेका छन् ।
त्यसैले अलिकति सोच–विचार गरेर आफ्नो लगानीको पार्टफोलियो निर्माण गर्दा प्रतिकुल अवस्थामा पनि आफू वित्तिय रुपमा सुरक्षित अवस्थामा बस्न सकिन्छ ।

यसका लागि एउटा अत्यन्तै सजिलो उपाय भनेको बजारमा सूचिकृत म्युचुअल फण्डहरुको पोर्टफोलियो व्यवस्थापन हेर्नु र सोहि अनुसार आफ्नो पोर्टफोलियो निर्माण गर्नु हो । म्युअचल फण्ड यो क्षेत्रमा विशेषज्ञता हासिल गरेका मानिसहरुले ब्यवस्थापन गर्ने हुँदा त्यो निकै नै उपयोगी हुन्छ ।
नेपालमा हाल १८ वटा म्युचुअल फण्डहरु रहेका छन् । यस्ता म्युचुअल फण्डहरुले मंसिर मसान्तसम्म सूचिकृत भएका वा नभएका सेयरमा कुल ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । उनीहरुको बैंकमा कुल नगद मौज्दात मंसिर मसान्तसम्म ५ अर्ब १० करोड रहेको छ । यसैगरी डिबेन्चर र बोण्डमा उनीहरुले १ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन् । आइपीओ, हकप्रद इत्यादीमा भने उनीहरुको लगानी २७ करोड १८ लाख रुपैयाँ रहेको छ ।
कात्तिक मसान्तसम्म ५०.८ प्रतिशत लगानी सेयरमा गरेका थिए भने मंसिर मसान्तमा त्यसलाई थोरै बढाएर ५२.६८ प्रतिशत पुर्याएका छन् । अनी बैंकको नगद ३४.५० प्रतिशतबाट घटाएर ३१.१० प्रतिशतमा झारेका छन् । यसको मतलब के हो भने समय अनुसार निर्णय गरेका छन् ।
म्युचुअल फण्डहरुको यो पोर्टफोलियो व्यवस्थापनबाट नयाँ लगानीकर्ताहरुले धेरै सिक्न सक्छन् । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने म्युचुअल फण्डहरुले आफ्नो सबै सम्पति कुनै एक वित्तिय औजारमा मात्र लगानी गरेका छैनन् । विविधिकरण गरेका छन् ।
मंसिर मसान्तसम्मको तथ्याङ्क हेर्दा म्युचुअल फण्डहरुले आफ्नो कुल लगानीको ५२.६८ प्रतिशत हिस्सा सेयरमा लगानी गरेका छन् । ६.१८ प्रतिशत डिबेन्चर र बोण्डमा लगानी गरेका छन् । यसैगरी प्रथमिक सेयरमा १.६६ प्रतिशत लगानी गरेका छन् भने ३१.१० प्रतिशत बैंकको निक्षेपमा लगानी गरेका छन् ।
लगानीको यस्तो खाले शुत्र वा विविधिकरण नयाँ लगानीकर्ताको लागि निकै उपयोगी हुनसक्छ । यसले लागानीबाट पूँजीगत लाभ गर्ने संभावनालाई कायम राख्दै गाह्रो–साह्रो पर्दा चाहिने नगद ब्यवस्थापन गर्ने क्षमतालाई समेत न्युनिकरण गर्दैन ।
यहाँ म्युचुअल फण्डको लागानीको तरिकाबाट सिक्न सकिने अर्को पनि कुरा छ । बिस्तारै बजार बढेसँगै उनीहरुले बैंकको नगदलाई थाेरै घटाउँदै सेयर लगानीको रकमलाई बढाउँदै लगेका छन् । तर, हतारिएका वा आत्तिएका भने छैनन् ।
कात्तिक मसान्तसम्म ५०.८ प्रतिशत लगानी सेयरमा गरेका थिए भने मंसिर मसान्तमा त्यसलाई थोरै बढाएर ५२.६८ प्रतिशत पुर्याएका छन् । अनी बैंकको नगद ३४.५० प्रतिशतबाट घटाएर ३१.१० प्रतिशतमा झारेका छन् । यसको मतलब के हो भने समय अनुसार निर्णय गरेका छन् । पोर्टफोलियोमा परिर्वतन पनि गरेका छन् । तर, हताश भएका छैनन् । बिस्तारै काम गरिरहेका छन् ।

मंसिरक मसान्तसम्म म्युचुअल फण्डहरुले अत्याधिक धेरै लगानी गरेका ५ कम्पनीहरुमा नबिल बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम र कृषि विकास बैंक रहेका छन् । उनीहरुले यस्तो लगानी प्रबिधिक र आधारभुत बिश्लेषणको आधारमा गरेका हुन्छन् । उनीहरु आफ्नो लगानीबाट कति प्रतिफल चाहन्छन् भनेर प्रष्ट हुन्छन् र सोहि चाहना बमोजिम कम्पनी छान्ने गर्दछन् । उनीहरुको यस्तो कम्पनी छनाइ नयाँ लगानीकर्ताहरुको लागि पनि उपयोगी सन्दर्भ सामग्री हुन सक्दछ ।
समूहगत हिसाबले कुरा गर्दा म्युचुअल फण्डहरुले मंसिर मसान्तसम्म अत्याधीक लगानी गरेका बाणिज्य बैंकहरुमा नबिल, नेपाल बैक र कृषि विकास बैंक रहेका छन् भने विकास बैंकहरुमा मुक्तिनाथ, गरिमा र साइन रेसुङ्गा रहेका छन् ।
वित्त कम्पनीमा आइसीएफसी उनीहरुको रोजाइमा परेको छ भने होटलमा उनीहरुले सोल्टीलाई छानेका छन् । जलबिद्युतमा चिलिमे, जिवन विमामा नेपाल लाइफ र नेशनल लाइफ र र्निजिवन विमामा शिखर र नेको इन्स्याेरेन्स म्युचुल फण्डहरुको रोचाइमा परेका कम्पनीहरु हुन् । लघुवित्तमा भने साना किसान, डिप्रोक्स र छिमेक उनीहरुको छनौटमा परेको छ ।