शेयर बजारमा उछाल कायमै, ७ दिनमा १०४ अंकले बढ्यो

काठमाडौं । शेयर बजारमा आएको उछाल कायमै रहेको छ । गतसातादेखि नेप्से दैनिक दोहोरो अंकले बढेको छ । पछिल्लो ७ कारोबार दिनमा मात्रै बजार समग्र १०४ अंकले बढेको छ ।

 

गतसाता करीब ४६ अंकले बढेको बजार यो साता आइतबार ४३ अंकले बढेको थियो भने आज १५ अंकले बढेको छ । सूचकसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । पछिल्ला दिनमा औसतमा दैनिक १ अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ ।

 

शेयर बजार मापक सूचक नेप्से सोमबार १५.१४ अंकले बढेर १२७०.८६ विन्दुमा पुगेको छ । यो पछिल्लो ६ महिना यताकै उच्च हो । आज १८३ कम्पनीको १ अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५५ लाख १८ हजार ६३६ कित्ता शेयर किन बेच भएका छन् ।

कारोबार भएका १२ ओटा समूहमध्ये माइक्रोफाइनान्स र उत्पादनमूलक समूहबाहेक बाँकी १० समूहकै परिसूचक उकालो लागेको छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५२.०९ अंकले बढेको छ । बैंकिङ समूह पनि १४.८१ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा आज नेपाल टेलिकमको शेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड ४ लाख ५५ हजार ७०६ रुपैयाँको कारोबार भएको छ ।

 

आज घोडाघोडी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ भने सिभिल लघुवित्तको सबैभन्दा धेरै ५.९८ प्रतिशतले घटेको छ ।

इन्भेष्टमेन्टले बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वाएर गर्ने Read Previous

इन्भेष्टमेन्टले बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई एक्वाएर गर्ने

गोदावरी सडक १६ मिटर चौडाइको हुने Read Next

गोदावरी सडक १६ मिटर चौडाइको हुने