सामाजिक सुरक्षा कोषमा १ लाख ३६ हजार श्रमिक सहभागी

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ३६ हजार श्रमिक सहभागी भएका छन् । सामाजिक सुरक्षा कोषका अनुसार शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश नं ३ बाट ९८ हजार १९७ श्रमिक योजनामा सहभागी भएका हुन् ।

 

प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट सात हजार ८३२, गण्डकी प्रदेशबाट पाँच हजार १४४, प्रदेश नं ५ बाट तीन हजार २९०, सुदूरपश्चिमबाट ४६१ र कर्णाली प्रदेशबाट १६९ श्रमिक कोषमा सूचीकृत भएका छन् ।

 

यस्तै शुक्रबारसम्म १२ हजार ११ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । सबैभन्दा बढी प्रदेश नं ३ बाट ८ हजार १९, प्रदेश नं १ बाट एक हजार ८६०, प्रदेश नं ५ बाट ८५९, गण्डकी प्रदेशबाट ५५३, प्रदेश नं २ बाट ४७२, सुदूरपश्चिमबाट १२८ र कर्णाली प्रदेशबाट १२० रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

 

सूचीकरण प्रक्रियामा ७४ जिल्ला समेटिएका छन् । कोषमा रु ४१ करोड ९४ लाख १६ हजार योगदान रकम सङ्कलन भएको छ । योजनाबाट तीन योगदानकर्ताका परिवारले सुविधा प्राप्त गर्न थालेका छन् । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।

दुई महिनापछि बन्चरे डाँडामा उपत्यकाको फोहोर फ्याँकिने Read Previous

दुई महिनापछि बन्चरे डाँडामा उपत्यकाको फोहोर फ्याँकिने

आयल निगम ५० वर्षमा प्रवेश, ३५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण ठेक्का तयारी Read Next

आयल निगम ५० वर्षमा प्रवेश, ३५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण ठेक्का तयारी