चैत २८ देखि आइपीओ बिक्री गर्दै पियोर इनर्जी

काठमाडौं । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्रीमा ल्याउन लागेको हो ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता बिक्रीमा ल्याउने भएको हो ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा वैशाख २ गतेसम्म आवेदन दिन पाइने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएका ढिलोमा वैशाख ११ गतेसम्म आवेदन थप गरिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरूका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङले कम्पनीलाई ‘केयर एपी डबल बी प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

मकै छोडेर कफीखेतीमा आकर्षित हुँदै किसान Read Previous

मकै छोडेर कफीखेतीमा आकर्षित हुँदै किसान

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड Read Next

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड