काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पदभार ग्रहण गरेका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाबाट शुक्रबार (पुस २५ गते) उनले शपथ ग्रहण गरेका हुन् ।
अध्यक्षको कार्यभार सम्हाल्न धितोपत्र बोर्ड पुगेका ढुंगानालाई कार्यकारी निर्देशकद्वय परिष्ठनाथ पौडेल र निरज गिरीसहित कर्मचारीले फूलमालासहित कार्यालयमा स्वागत गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ढुंगानालाई ४ वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो । ढुंगानासँग तीन दशकभन्दा बढी वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ। यसभन्दा पहिले ढुंगाना धितोपत्र बोर्डको विज्ञ सदस्यको रूपमा सञ्चालक समिति सदस्य रहेका थिए।