काठमाडौं । काभ्रेपलाञ्चोक हुँदै आउने सवारी साधनलाई काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रोपलाञ्चोकले बीपी र अरनिको दुवै मुख्य राजमार्ग हुँदै काठमाडौं आउने सवारीसाधनलाई बाटैमा रोकेको हो ।
काभ्रेबाट उपत्यका प्रवेश गर्ने साँगा र नाला भन्ज्याङबाट सवारी प्रवेशमा रोक लागाइएको छ ।
कार्यालयका अनुसार बीपी राजमार्ग हुँदै काठमाडौंका अँएका सवारीलाई भकुन्डेबेँसी र अरनिको राजमार्ग हुँदै आएका गाडीलाई पाँचखालमा होल्ड गरिएको छ ।
तीनकुने राजावादीको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ५ क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासनले काठमाडौंको गौशला, बानेश्वर, जडीबुटी, बालकुमारी क्षेत्रलाई चारकिल्ला तोक्दै राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।