काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मंगलबार सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर, सुपर माई हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्टको ३.६५१६ प्रतिशत अर्थात् १२ लाख ५२ हजार ८४४.१७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, चिलिमे हाइड्रोपावरको १० प्रतिशत (७९ लाख ८३ हजार ९९७.२० कित्ता), सुपर माई हाइड्रोपावरको ७ प्रतिशत (३ लाख ५० हजार कित्ता) र कुथेली बुखरीको १० प्रतिशत (१ लाख २१ हजार ८६७.५० कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
चारै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।