सिटिजन्स बैंकका ग्राहकले द मल्ल होटलमा १५% सम्म छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले द मल्ल होटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दुई संस्था बीच विशेष छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले द मल्ल होटलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै, नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा एटीएम ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त Read Previous

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

नेप्सेमा एकैदिन चार कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा एकैदिन चार कम्पनीको बोनस सेयर सूचीकृत