सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने प्रक्षेपण 

हाइनान । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२४ मा यस क्षेत्रको जीडीपी ४.४ प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो विश्वव्यापी आर्थिक अनिश्चितताका बावजुद, एसिया विश्व अर्थतन्त्रका लागि प्रमुख वृद्धिको इन्जिनका रूपमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

‘एसियन इकोनमिक आउटलुक एन्ड इन्टिग्रेसन प्रोग्रेस’ प्रतिवेदनमा सन् २०२४ मा जीडीपीको अनुपात र क्रय शक्ति समानतामा विश्वको कुल जीडीपीमा एसियाको जीडीपी ४८.१ प्रतिशतबाट बढेर सन् २०२५ मा ४८.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसैगरी, एसियामा सन् २०२५ मा बेरोजगारी दर ४.३९ प्रतिशत हुने अनुमान गरिएको छ । यो विश्वव्यापी बेरोजगार दर ४.९६ प्रतिशतभन्दा कम हो ।

दैनिक २०० लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार Read Previous

दैनिक २०० लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार

नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Next

नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी