नेप्सेमा भीषण पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । लागातर ६ दिनमा ११९ अंकले घटेर सोमबार २६ अंकले बढेको नेप्से आज फेरि ५८ अंकले घटेको हो ।

मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७० करोड रुपैयाँले बढेर ५ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको सूचक ३.३० प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक २३ करोड २० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पर्नुबीमा कम्पनीको दोस्रो धेरै २१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २४० कम्पनीको मूल्य घटेको छ ।

आज नारायणी विकास बैंकका सेयरधनीले सर्वाधिक ८.७३ प्रतिशत गुमाएका छन् । त्यस्तै, सपोर्ट माइक्रोफाइनानस ७.३७ प्रतिशत, इस्टर्न हाइड्रोपावर ७.१९ प्रतिशत, सिन्धु विकास बैंक, विन नेपाल लघुवित्त, सुपर मादी हाइड्रोपाव र अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने प्रक्षेपण  Read Previous

सन् २०२५ मा एसियाको जीडीपी ४.५ प्रतिशतले बढ्ने प्रक्षेपण 

नेपाली प्लाइउडमा भारतकाे अघोषित नाकाबन्दी, दुई सातादेखि नाकामै रोक्यो ३४ ट्रक Read Next

नेपाली प्लाइउडमा भारतकाे अघोषित नाकाबन्दी, दुई सातादेखि नाकामै रोक्यो ३४ ट्रक