बोर्डले मर्चेन्ट बैंकरको ‘अन्डरराइटिङ’ सीमा बढायाे, अब कतिसम्म गर्न पाउँछन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंक)को ‘अन्डरराइटिङ’को सीमा बढाएको छ ।धितोपत्र बोर्डले बैंक तथा बीमा कम्पनीका सहायक कम्पनी मार्फत हुने ‘अन्डरराइटिङ’को अधिकतम सीमा बढाएको हो ।

धितोपत्र बोर्ड संचालक समितिको गत शुक्रबार बसेको बैठकले मर्चेन्ट बैंकरको ‘अन्डरराइटिङ’ सीमा बढाउने निर्णय गरेको हो ।

बोर्डका अनुसार अब बैंक र बीमा क्षेत्र माउ कम्पनी रहेका मर्चेन्ट बैंकरहरूले कम्पनीसँग सम्झौता गरेर माउ कम्पनीको नेटवर्थ बराबर रकमको अन्डरराइटिङ गर्ने सक्ने छन् । हाल मर्चेन्ट बैंकर कम्पनीले आफ्नो अन्तिम लेखापरीक्षण भएको नेटवर्थको ३ गुणासम्मको रकम बराबरको धितोपत्र मात्रै अन्डरराइटिङ गर्न पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्था बैंक र बीमा क्षेत्रका माउ कम्पनी रहेका मर्चेन्टको हकमा मात्र लागू हुनेछ । अन्य मर्चेन्टको हकमा भने हालकै व्यवस्था लागू हुनेछ ।

२०७६ अघि मर्चेन्टले आफ्नो नेटवर्थको ५ गुणासम्म अन्डरराइटिङ गर्न सक्ने व्यवस्था थियो । तत्कालीन बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले उक्त सीमा घटाउँदै ३ गुणामा झारेका थिए ।

पछिल्लो समय मर्चेन्ट बैंकरहरू नेटवर्थ सीमाका कारण अन्डरराइटिङ गर्नै नसक्ने अवस्थामा पुगेका थिए ।हाल ८० बढी कम्पनी आइपीओको पाइप लाइनमा छन् । नयाँ अध्यक्ष आएसँगै बोर्डले पछिल्लो समय धमाधम आइपीओ अनुमति दिइरहेको छ । तर, अन्डरराइटिङ क्षमता नहुँदा मर्चेट बैंकर कम्प्नी समस्यामा थिए । त्यसलाई सम्बोधन गर्न बोर्डले सीमा बढाएको हो ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

सिजन सुरू भएसँगै बढ्यो पर्यटकको चहलपहल Read Next

सिजन सुरू भएसँगै बढ्यो पर्यटकको चहलपहल