नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारले दोहोरो अंकले कमब्याक गरेको छ । चैत ३ गतेदेखि लागातर ६ दिनमा ११९ अंकले घटेको नेप्से आज २६ अंकले बढको हो ।

सोमबार नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ बिन्दुमा पुगेको छ । सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ८४ करोड रुपैयाँले घटेर ४ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.९२ प्रतिशतले बढेको छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ३२ करोड ६९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, सीईडीबी होल्डिङस्को दोस्रो धेरै १५ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २१० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्य घटेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सर्वाधिक ९.५१ प्रतिशतले बढेको छ । त्यस्तै, उपकार लघुवित्तको ८.०७ प्रतिशत, पोखरा फाइनान्स ७.७२ प्रतिशत र समृद्धि फाइनान्सको सेयर मूल्य ६.०४ प्रतिशतले बढेको छ ।

अपर हेवाखोला हाइड्रोपावरको सेयरधनीले सर्वाधिक ४.२६ प्रतिशतले घटेको छ ।

म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना कार्यान्वयनमा Read Previous

म्याग्दीमा सडक पूर्वाधारका ७१ योजना कार्यान्वयनमा

बोर्डले मर्चेन्ट बैंकरको 'अन्डरराइटिङ' सीमा बढायाे, अब कतिसम्म गर्न पाउँछन् ? Read Next

बोर्डले मर्चेन्ट बैंकरको 'अन्डरराइटिङ' सीमा बढायाे, अब कतिसम्म गर्न पाउँछन् ?